समाचार

त्रिभुवन विमानस्थलमा जहाज अवतरणमा समस्या, आधा दर्जनभन्दा बढी जहाज आकाशमै होल्ड

काठमाडौँ उपत्यकामा जारी निरन्तर भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरणमा गम्भीर समस्या उत्पन्न भएको छ। विमानस्थल स्रोतका अनुसार खराब मौसम र कमजोर भिजिबिलिटी (दृश्यता) का कारण जहाजहरू निर्धारित समयमा अवतरण गर्न नसकी आकाशमै फन्का मार्दै होल्ड गरिएका छन्। हाल त्रिभुवन विमानस्थलको आकाशमा आधा दर्जनभन्दा...

शेयर बजारमा पहिरो, ६५ अंकले घटेर २८ सयको बिन्दुमा कायम

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पछि घटेको छ । आज विभिन्न सेक्टरका ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६०...

सामान्य प्रशासनद्वारा ३४ उपसचिवको सरुवा

काठमाडौँ । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार, समय पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा हो । सचिव स्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । लेखनाथ न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

अर्थ मन्त्रालयद्वारा बजेट छलफल सुरु: राजधानीका उद्योग उपत्यका बाहिर सार्ने तयारी

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको हो। छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास...

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले बोलाएर मुख्यमन्त्री लामालाई राजीनामा दिन निर्देशन दिएपछि लामाले राजीनामा दिन लागेका हुन् । साउन १४ गते भएको संसदीय दलको निर्वाचनमा दलको नेतामा लामा इन्द्रबहादुर बानियाँसित पराजीत भएपछि उनीमाथि मुख्यमन्त्री...

यस्तो छ आज डलर र रियाललगायत विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ पैसा रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कतारी रियालको...

जेसीजको सदस्य बन्न चाहनेहरुका लागि तालिम

मकवानपुर । युवाहरुको संस्था चैनपुर जेसीज मनहरीले प्रि इन्डक्सन एण्ड मोटिभेसन तालिमको आयोजना गरेको छ । जेसीजको सदस्य बन्न चाहनेहरुका लागि शनिबार तालिमको आयोजना गरिएको हो । कार्यक्रम संयोजक कृष्णप्रसाद खनालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक समेत रहेका हेटौंडा जेसीज वर्ष सन् २०१५ का...

दोङ्देमुनमा नेपालको झल्कोः विस्तार हुँदै नेपाली व्यवसाय र संस्कृति

सिओल । दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन नेपाली समुदायका लागि एउटा प्रमुख व्यापारिक एवम् सांस्कृतिक क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केही वर्षमा, यहाँ नेपाली व्यापार व्यवसाय मात्रै नभई सांस्कृतिक केन्द्रहरुको समेत बृद्धि भएको छ । चारैतिर नेपाली होटल एवम् रेष्ट्रुरेन्ट, खुद्रा तथा ठूला पसल व्यवसाय मात्रै नभई...

भारतले रूसबाट तेल किन्न रोक्ने संकेत, ट्रम्पबाट समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनले भारतले अब रूसबाट तेल किन्न रोक्ने सम्भावना रहेको सुनेका छन्। यद्यपि उनले यकिन गरेर भन्न नसकेको स्वीकार गरे। “मैले सुनेको हो, भारतले अब रुसबाट तेल किन्ने छैन। यो राम्रो कदम हो। हेर्नेछौं के हुन्छ,” ट्रम्पले पत्रकारहरूलाई बताए। यो भनाइ ट्रम्पले भारतविरुद्ध...

कोशी, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, मधेशमा वर्षाले राहत

नेपालमा सक्रिय मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेका बेला मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी र लुम्बिनी...