समाचार
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बैशाख ९ गते...
बानियाँ मन्त्री बनाउनेहरुको लिस्ट टुंग्याउँदै, प्रभात तामाङको होला त कमब्याक ?
हेटौंडा । आज मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरुको सूची टुंग्याउने गृहकार्यमा जुटेका छन् । नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ भने काँग्रेसबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाउन बाँकी छ । एमालेले ६ मन्त्रालयमा जाने...
इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ मन्त्रीको टुंगो
काठमाडौं – नेकपा एमालेले बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाएको छ। एमालेको भागमा परेका ६ मन्त्रीमध्ये एक जना दोहोरिएका छन् भने बाँकी पाँच जना नयाँ अनुहार रहनेछन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पुनः किरण थापामगरले सम्हाल्ने भएका छन्। उनी यसअघि पनि सोही मन्त्रालयमा थिए।...
बागमतीको छैठौं मुख्यमन्त्रीमा बानियाँ, आज ४ बजे शपथ
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो उनलाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। बानियाँले आज साँझ ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको...
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । उच्च अदालत पाटनले आन्दोलनकारी दुर्गा प्रसाईलाई २८ लाख रुपैयाँ धरौटीमा तत्हाल रिहा गर्न आदेश दिएको छ । तीनकुने घटनामा सरकारले मुख्य दोषीको रुपमा किटान गर्दै मुद्दा चलाएकोमा उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएको हो । राजावादी आन्दोलनको क्रममा भएको क्षतिमा तीन लाख रुपैयाँ र बैंकिङ कसुर...
सार्वजनिक भयो कक्षा १२ को नतिजा
काठमाडौं । कक्षा १२ को परीक्षाको रिजल्ट सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका...
शरद ओझाले सर्वोच्चबाट पाएनन् अन्तरिम आदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझाको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको इजलासले ओझाको माग दावी बमोजिम पुनः काममा फर्कन अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । नेपाल सरकार मन्त्रिपरिषदको...
५ हजार ३०० कोटाको लागि ईपिएस भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौं । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो। भाषा परीक्षामा ५ हजार ३०० हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ। जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३...
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाँको दाबी पेस
हेटौंडा । नेकपा एमालेको समेत सहयोगमा बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । आज बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकार गठनका आह्वान गरेपछि नेपाली काँग्रेस संसदीय दलको नेताको रुपमा बानियाँले दावी पेस गरेका हुन् । यस अघि मुख्यमन्त्री बहादुर...
बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न २४ घण्टाको समय
बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। आइतबार निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएका हुन्। सोही अनुसार प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै...










