राजनीति/ समाज

राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्छ – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बताएका छन् । हिजो आइतबार पार्टीका जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुसंग भर्चुवल बैठक गर्दै उनले नेपालको भू– राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्ने बताए । पार्टीका विषयमा रहेका भ्रमलाई...

गौतमविरुद्ध सर्वोच्चमा तीन रिट

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती...

पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय...

प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने खड्का पेरिसडाँडाबाट पक्राउ

काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनलाई हाल महानगरीय प्रहरी प्रभाग,...

काँग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला...

काँग्रेस हेटौंडा–४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाले गरे रगत दान

मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा समितीको आयोजनामा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् । काँग्रेस हेटौंडा–४ ले छैठौं संविधान दिवसको अवसरमा आयोजना उक्त कार्यक्रममा ५२ जनाले रगत दान गरेका हुन् । कार्यक्रम ४ नम्बर पार्टी सभापति हरिप्रसाद पौडेलको अध्यक्षता तथा कार्यबाहक सभापति...

सरकार इमानदार बन्‍नु पर्‍यो : देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ’, सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली कांग्रेसका तत्कालीन...

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक केही दिन पर सर्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आज बस्ने भनिएको बैठक केही दिन पर सरेको छ । शुक्रवार लागि बोलाइएको नेकपा सचिवालयको बैठक आइतवारसम्मका लागि सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक पेरिसडाँडामा बस्ने तय भएको थियो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।...

देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक मामिलामा ध्रुवीकरण बढाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिमा विरोधपत्र दर्ता गराउने तयारी गरेको छ । विरोधपत्र दर्तापश्चात् पनि निर्णय नसच्याए संघर्षका कार्यक्रममा उत्रने चेतावनी पौडेल पक्षको छ । नेतृत्वले लिएका विधानविपरीतका निर्णय, निर्देशन र गतिविधिका...

केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ भइरहेको छ । जसपा विधानमा ७ सय १ सदस्यीय केन्द्रीय समिति...