राजनीति/ समाज
सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुने
काठमाडौं । सरकारले सातै वटा प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै सबै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन् । त्यस्तै उनले संघमा ३०० बेर्डको सरुवा रोग अस्पताल निर्माण गरिने पनि...
अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै
काठमाडौं । सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ । उक्त बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल हुने भएको छ ।
नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको हो । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको भन्दै बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । मंगलबार साँझ भक्तपुरमा...
आज नेकपा स्थायी कमिटी बैठक बस्दै, सीमा विवाद र नीति तथा कार्यक्रमबारे छलफल हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने भएको हो । उक्त बैठकलमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ । यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी...
विप्लव नेतृत्वको नेकपाद्वारा मोदीको पुत्ला दहन
विप्लव नेतृत्वको नेकपा मकवानपुरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुत्ला दहन गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ र मनहरी गाउँपालिका वडा नं. ३ मा विप्लव नेतृत्वको पार्टीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । भारतीय हस्तक्षपको विरुद्ध, नेपाली जमीन मिचेर भारतले सडक निर्माण गरेको भन्दै सो...
नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने भएको स्रोतले जनाएको छ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २ दिनअघि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो । सरकारले आगामी जेठ २ गते...
सीमा विवादः नेपालले राजदूत क्वात्रामार्फत वार्ता गर्न जानकारी पठायो
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भुमि मिचेर सडक बनाएको विषयमा भारतीय राजदूत विनय मोहन क्वात्रासँग छलफल गरेका छन् । मन्त्री ज्ञवालीले सोमबार राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर छलफल गरेको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । भारतले के, कसरी र कुन आधारमा नेपाली भूमिमा सडक निर्माण गरेको हो भन्ने...
सरकारले भारतसंग तत्काल भिडियो वार्ता गर्नुपर्छ – माधव नेपाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न सरकारसंग माग गरेका छन् । महामारीको मौका छोपेर भारतले लिपुलेक अतिक्रमण गरेकाले तत्काल एक्सन लिनुपर्ने बताएका छन् । ‘कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको...
ओली–प्रचण्डबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत केपी ओली र प्रचण्डबीच शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुउनीहरुबीच भएको भेटवार्तामा स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका...
बाबुरामले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको छटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने...