राजनीति/ समाज

अर्थमन्त्री पौडेलका अगाडि चुनौतीको चाङ

काठमाडौं । २०७२ सालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीको दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो। केपी ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले। विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था दशकयताकै थलिएको थियो। त्यो परिस्थितिमा राम्रो छवि बनाएर निस्किए पौडेल। ओलीकै सरकारमा ५ वर्षपछि पौडेलले पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका...

जमिन बाँझो राखेर खाद्यान्नमा आत्मनिर्भर हुँदैन : मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले जमिन बाँझो राखेर खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने बताएका छन् । मन्त्री लामाले बिहीबार उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरको आयोजनामा हेटौंडामा भएको खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै सो बुरा बताएका हुन् । उनले भने, ‘हिमालदेखि तराईसम्म...

मन्त्रिपरिषद पुनगठनको सन्दर्भमा प्रधानमन्त्रीले मनपरी गरेको माधव नेपाल पक्षको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षले मन्त्रिपरिषद पुनगठनको सन्दर्भमा असन्तुष्टि व्यक्त व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयलाई कुनै पनि जानकारी नदिई मन्त्रिपरिषद पुनर्गठन गरेर मनपरी गरेको भन्दै माधव नेपाल पक्षका एक नेताले बताएका छन् । मंगलवार मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी...

तिहारपछि मन्त्रिपरिषद्मा फेरि व्यापक पुनर्गठन हुने

काठमाडौं । तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा नेम्वाङले भनेका छन्, यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक...

असारमा महाधिवेशन गर्ने देउवाको संकेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो...

विभिन्न पार्टी परित्याग गरी हेटौंडाका १९ जना नेपाली काँग्रेसमा प्रवेश

मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै हेटौंडा–१९ का १९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच नेकपा र राप्रपालगायत विभिन्न पार्टी परित्याग हेटौंडा–१९ बस्तिपुर र बासुदेव टोलका १९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रम काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम...

नेकपा सांसद सानु शिवाको निधन

काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । पहाडीको बुधबार बिहान निधन भएको हो । शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो । संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन्...

दाहालको दौडधुप

काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग...

कर्णालीमा ‘अविश्वास’ : बागमती र प्रदेश १ मा पनि नेतृत्व फेर्ने तयारी

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरूमा नियुक्ति, राजदूत सिफारिसलगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको...

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् । यसअघि शनिबार...