राजनीति/ समाज

६७ अर्बको बजेट ल्याउने बागमती प्रदेश सरकारको तयारी

मकवानपुर । बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउदैछ । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आव २०७९/०८० को लागि बजेट ल्याउने लागेको हो । प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु...

कांग्रेस मकवानपुरद्वारा मृगौला रोगी प्रजाको उपचार गर्ने प्रतिवद्धता

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले काँकडा निवासी मृगौला रोगी रामकृष्ण प्रजा चेपाङको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र सचिव भीमसेन महतले प्रजाकै निवासमा पुगेर उपचारको लागि लाग्ने सबै खर्च आफुहरुले जुटाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । ४६ बर्षका चेपाङको...

राक्सिराङमा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक, यस्ता छन् निर्णय

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन पहल गर्नेसम्मको विभिन्न ८ वटा निर्णय गरेको छ...

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।

राष्ट्रियसभामा चार प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्काले विभिन्न चार प्रतिवेदन पेस गरेका हुन् । परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/०७८ पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को...

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीत तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।

प्रदेश युवा परिषद् बागमतीको स्थापना दिवस सम्पन्न

मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशले स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमसँगै रक्तदान र फलफूल वितरण गरेको छ । प्रदेश युवा परिषद्ले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा बुधबार बिहान कार्यलयमा आयोजित अन्तरक्रियासँगै रक्तदान र हेटौंडा अस्पतालमा फलफूल वितरण गरेको हो । कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षता...

‘एमाले मुर्छा अवस्थामा पुग्यो, अब समाप्त हुन्छ’

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार संहालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल परिवार दललगायतका दलहरुसँग तालमेल गरेको थियो भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन एमालेको विपक्षमा थियो । यद्यपी, यो गठबन्धन...

आज प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने

काठमाडौं । प्रदेश १ ले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । त्यसको लागि दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाइएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, आज नै लुम्बिनी...

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरेको जनाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा...