राजनीति/ समाज
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक हाल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।...
रवि लामिछानेको साधारण सदस्यता खारेजको मागसहित आयोगमा निवेदन दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ ले सोमबार आयोगमा निवेदन दर्ता गराएका हुन् । उनले उक्त निवेदन दर्ता गर्दै कुनै पनि व्यक्तिले राजनीतिक दल...
नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन बैशाखमा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल बैैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार, सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । उनले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ–आफ्नो जिल्ला, क्षेत्र,...
प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न, कांग्रेस पहिलो दल
काठमाडौं । मंसिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना सम्पन्न भएको छ । सोमबार बिहान दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको हो । सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ ।...
निर्वाचनमा अन्तरघात भएको छैन : कांग्रेस मकवानपुर
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार भएको भन्दै आधारहीन कुरामा विश्वास नगर्न...
दोलखामा नेकपा माओवादी केन्द्रका कार्की विजयी
दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे । यस्तै, दोलखा प्रदेश सभा १...
कांग्रेसबाट ५७ जना प्रतिनिधि सभामा निर्वाचित
काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट ५७ जना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । १६५ निर्वाचनमध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र,...
आज सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल...
आम निर्वाचन : कांग्रेसले माग्यो अन्तरघातीको सूची
काठमाडौं । नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले आईतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जारी विज्ञप्तिमा जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत...
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ । उक्त बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा जनाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प...








