राजनीति/ समाज
नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी
नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १०७ मतसहित विजयी हासिल गरेका हुन् । यस्तै, उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र...
पाल्पाबाट प्रदेश सभामा एमालेका सारु निर्वाचित
पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा (२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारु आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा सत्ता...
रुपन्देही–२ को मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्वर २ मा स्थगित मतगणना पुनः सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो । बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धनसहित केही दलले मतगणना रोक्न...
एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधि सभामा १० सिट
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभातर्फ १० सिट जितेको छ । जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित हाँसिल गरेको हो । अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार...
रुपन्देही–२ मा मतगणना स्थगित
काठमाडौं । रुपन्देही क्षेत्र नम्वर २ मा मतगणना स्थगित भएको छ । एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले मतगणना स्थगित भएको हो । बुटवल वाड नम्वर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको...
समानुपातिकतर्फ मकवानपुरमा पनि एमालेको अग्रता
मकवानपुर । मकवानपुरमा पनि समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको एमालेले मकवानपुरमा पनि अग्रता लिएको हो । मकवानपुर क्षेत्र नं. २ को पछिल्लो मतपरिणाम अनुसार, एमाले २८ हजार २९६ मतसहित पहिलो स्थानमा, नेपाली कांग्रेस २१ हजार ५११ मतसहित दोस्रो स्थानमा रहेका...
३६६ मतले पछि परे गृहमन्त्री खाण
काठमाडौं । रूपन्देही–३ मा गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३६६ मतले पछि परेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दिपक बोहोराले अग्रता लिएका हुन् । बोहोराको २५ हजार ३५९ मत प्राप्त गर्दा खाणले २४ हजार ९९३ मत...
काभ्रे–१ (ख) मा ३ मतान्तरले तीर्थ लामा विजयी
काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार, उनले आफ्नो निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामालाई ३ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् । तीर्थले १९ हजार २ सय ८० मत...
समानुपातिकमा एमालेको अग्रता कायमै, कटायो ९ लाख मत
काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार, एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय...
एमालेका लालबाबुलाई हराउँदै कांग्रेसका शेखर कोइराला विजयी
काठमाडौं । मोरङ क्षेत्र नम्वर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला आफ्नो प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पछि पार्दै विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दा उनका...










