राजनीति/ समाज

रास्वपाले दबाब यात्रा आयोजना गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा आयोजना गर्दैछ । रास्वपाले यही माघ २१ गतेदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको हो । माघ २१ मा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु...

तीन संसदीय समितिको बैठक आह्वान

मकवानपुर । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको...

अध्यक्ष लामाद्वारा हेटौंडामा दूधका परिकारको बिक्री केन्द्र उद्घाटन

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुधबार हेटौंडामा दूधका परिकारको बिक्री केन्द्रको उद्घाटन गरेका छन् । मकवानपुरगढीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले खरिद गरेको दूध र दूधबाट बनेका विभिन्न परिकारका बिक्री वितरणका लागि हेटौंडा–२, पुरानो मकवानपुर रोडमा उक्त केन्द्रको उद्घाटन गरिएको हो । सो क्रममा...

मकवानपुरगढीमा पालिका स्तरीय घेदुङ कार्य समिति गठन

मकवानपुर । मकवानपुरगढीमा पालिका स्तरीय नेपाल तामाङ घेदुङ कार्यसमिति गठन गरिएको छ । बुधबार गढी–२ स्थित समामुदायिक भवनमा भएको भेलाबाट ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको अध्यक्षमा सानुकान्छा थिङ, उपाध्यक्षमा बिक्रम योन्जन, सचिवमा यमरत्न भुलुन, सहसचिवमा सोमलाल घलान, कोषाध्यक्षमा एल आर स्याङतान चयन भएका छन् । यसैगरी,...

हेटौंडा कपडा उद्योग पुनः संचालनका लागि छलफल

काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः संचालनका लागि बुधबार छलफल गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुग्ण अवस्थामा रहेको उक्त उद्योग पुनः संचालनका लागि नेपाली सेनासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः संचालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् । नेपाल...

दुर्घटनामा परेर कांग्रेसका नेता एवम् पूर्व मन्त्री पौडेलको मृत्यु

चितवन । दुर्घटनामा परेर नेपाली काँग्रेसका नेता एवम् बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा नेता पौडेलको मृत्यु भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार नेता...

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा...

हेटौंडामा श्रद्धाञ्जली अर्पण गरेर सहिद दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस २०८० मनाइएको छ । सहिद दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित सहिद स्मारकमा मंगलबार पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । बागमती प्रदेशका सभा भुवनकुमार पाठक, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा बागमती प्रदेशका आन्तरिक...

रिपोर्टर्स क्लब मकवानपुरद्वारा दुई जना पत्रकार पुरस्कृत

मकवानपुर । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ । आज क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा हेटौंडामा भएको कार्यक्रममा पत्रकार द्वय शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कार प्रदान...

पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउँछौँ: मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकारले संचार रजिष्टारमार्फत् नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री जम्कट्टेलले सहिद दिवसको उपलक्ष्यमा रिपोर्टर्स क्लब मकवानपुरद्वारा आज हेटौंडामा आयोजित पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी गराएका...