राजनीति/ समाज
आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु
काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । सहिद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा उक्त अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु...
आजबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ला हुने
काठमाडौं । आजबाट देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ला हुने भएको छ । सरकारले २०७९ साल चैत्र २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ला रहने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ...
बागमती प्रदेश प्रमुख शर्माद्वारा सहिद दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देशमार्फत निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते मनाउने सहिद दिवसको शुभकामना व्यक्त गरेका हुन् । प्रदेश...
कांग्रेस मकवानपुरले १०२ वटै वडामा सरसफाइ कार्यक्रम गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले भोलि माघ १६ गते सहिद दिवसको दिन सरसफाइ कार्यक्रमको आयोजना गर्ने भएको छ । कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत जिल्लाको सबै वडामा सरसफाइ कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिए । जसअनुसार, भोलि बिहान ८ बजे हेटौंडा–१६, हटियास्थित मन्दिर सरसफाई,...
थाई रक्षामन्त्री क्लूंगसाङ्ग र सांसद ढकालबीच भेटवार्ता
बैंकक । प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र थाइल्याण्डका रक्षामन्त्री सुतिन क्लूंगसाङ्गबीच भेटवार्ता भएको छ । तीन दिने थाइल्याण्ड भ्रमणमा रहेका ढकाल र रक्षामन्त्री सुतिनबीच शिष्टाचार भेटवार्ता भएको ढकालको सचिवलायले जनाएको छ । ढकालको सचिवलायका अनुसार, रक्षा मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित तथा क्षेत्रीय शान्ति र सुरक्षाको बारे छलफल...
बागमती प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष थारु आयोगको कार्यसम्पदान सम्बन्धि पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० प्रस्तुत गरिएको छ । सोमबार हेटौंडामा एक कार्यक्रमबीच थारु आयोगकी सदस्य शान्ति मोदीले सो आयोगको कार्यसम्पदान सम्बन्धि प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष प्रस्तुत गरेकी हुन् । सो क्रममा प्रदेश प्रमुख शर्माले उक्त वार्षिक प्रतिवेदन...
आज ४ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार, आज बिहान कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुने जनाइएको छ । यसैगरी, आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत...
जनतासँग साक्षात्कार गर्न गाउँ छिर्दै कांग्रेस
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । केन्द्रीय निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको र औपचारिक सुभारम्भ भने माघ १६ गते सहिद दिवसको दिनबाट हुने सभापति बुद्ध लामाले जानकारी दिए । यो अभियान माघ २६ गतेसम्म सञ्चालन हुने र त्यस अवधिमा समुदायस्तरमा प्रत्यक्ष...
निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरिएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रपति भवन पुगेर उक्त प्रतिवेदन प्रस्तुत गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम...
प्रधानन्यायाधीश श्रेष्ठ विशेष समारोहमा सहभागि हुन दिल्ली प्रस्थान
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोज हुने विशेष समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठ नेपाल वायु सेवा निगमको विमानमा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी...










