राजनीति/ समाज

जलवायु कार्यक्रमको मूलप्रवाहीकरणका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

मकवानपुर । बागमती प्रदेशको दोस्रो आवधिक योजनामा जलवायु कार्यक्रमको मूलप्रवाहीकरणका लागि बुधबार हेटौंडामा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नागरिक संघ, संस्थाहरुको तर्फबाट संयुक्त रुपमा मुख्यमन्त्री शालिकराम जमकट्टेल र बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । जलवायू परिवर्तनको उच्च जोखिम भएका...

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो । बैठकमा सरकारको नियमित काम कारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षमा बसेको मन्त्रिपरिषद्ले विभिन्न ७ वटा निर्णय गरेको हो । यस्ता छन् निर्णयहरु : १) युवा तथा खेलकुद मन्त्रालय बनाउने जिम्मा रमा आले मगरलाई दिने । २) प्रदेश विकास परिषदमा सदस्यहरु मनोनयन...

आज राष्ट्रिय सभाको बैठक पनि बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवनमा बस्ने गरी बोलाइएको हो । बैठकमा राष्ट्रपतिबाट भएको संशोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची...

ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ

डोटी । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन् । उनीहरुलदाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको जनाएको...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । उक्त बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । जसमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि रहेको छ । बैठकमा सभामुख...

बागमती प्रदेश सभामा डढेलो नियन्त्रणदेखि हेटौंडा अस्पतालसम्मका कुरा

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही जेठ ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित गरेका हुन् । प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । आज बसेको...

प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश स्वीकृत

मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश’ बहुमतले स्वीकृत भएको छ । आज अपराह्न बसेको दोस्रो प्रदेश सभाको दोस्रो बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत प्रदान गरेको हो । उक्त अध्यादेश बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सभामा स्वीकृत गरियोस्...

एष्ट्रोनोभा फाउण्डेशनको आयोजनामा १८ दिने निशुल्क समर स्टिम क्याम्प सुरु

मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपालको अनुसन्धान तथा आविस्कार केन्द्रले हेटौंडामा १८ दिने निःशुल्क समर स्टिम क्याम्प २०८१ आयोजना गरेको छ । मंगलबार क्याम्प विधिवत रुपमा सुरु भएको हो । फाउण्डेशनले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई स्टीम क्याम्पको रुपमा विभिन्न ९ प्रकारको तालिम सञ्चालन गरिरहेको छ । जसअन्तरगत विज्ञान प्रविधिसंग...

भोलि बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची तयार

काठमाडौं । भोलि (बिहीबार) बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तयार भएको जनाएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि विभिन्न ९ वटा सम्भावित कार्यसूची तयार पारेको जनाइएको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।...