राजनीति/ समाज

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसको लागि दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान...

कांग्रेस नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका नेताहरुको छलफल हाल जारी छ । उनीहरु बालुवाटारमा छलफल गरिरहेका छन् । संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल...

उपेन्द्र नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाललेवर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता यादवले सोमबार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । समर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएका छन् । जसपा...

‘सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यान्वयनमा ल्याउन मन्त्रालय तत्पर रहन्छ’

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यन्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने बताएका छन् । सोमबार सम्पन्न बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य निर्देशक समितीको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले स्वस्थ र निरोगी जीवनशैलीका लागि आफ्नो...

उद्योग मन्त्री श्रेष्ठद्वारा नापी कार्यालय हेटौंडाको निरीक्षण

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले नापी कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री श्रेष्ठले नापी कार्यालयको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले नापी कार्यालयमा आएका जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागि पर्न निर्देशन समेत दिएका छन् । मन्त्री...

सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्य मनोनित

मकवानपुर । बागमती प्रदेश सभाको नियमित बस्ने बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न पाँच जना प्रदेश सभाका सदस्यहरुलाई मनोनयन गरिएको छ । प्रदेश सभाको आजबाट सुरु भएको वर्षे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठकमा सभामुख भुवनकुमार पाठकले उनीहरुको नाम सार्वजनिकरण गरेका हुन् । सभामुख पाठकले प्रदेश सभाका...

बागमती प्रदेश सभामा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश

मकवानपुर । बागमती प्रदेश सभाको आजबाट सुरु भएको बजेट अधिवेशन बैठकमा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश गरिएको छ । आज दिउँसो बसेको बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८०’ पेश गरेकी हुन् । यस्तै, उक्त बैठकमा...

हेटौंडा अस्पताल प्रकरण– हिदम लामा भन्छन्ः राजनीतिक दलहरुले भ्रम फैलाए

मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका उपसचिव हिदम लामाले हेटौंडा अस्पतालको विषयलाई लिएर राजनीतिक दलहरुले भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन् । तु खबरसंग कुराकानी गर्दै लामाले केही दिन अघि आठ राजनीतिक दलद्वारा जारीे विज्ञप्तिमा वास्तविक कुरा उल्लेख नगरी आम जनसमूदायमा भ्रम फैलाउने प्रयास गरिएको बताए...

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै, सरकारबाट बाहिरिने...

बागमती प्रदेशस्तरीय युवा सम्मेलन सम्पन्न

मकवानपुर । बागमती प्रदेशस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ । प्रदेशको राजधानी हेटौंडामा अयोजित उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गरेको दोस्रो संस्करणको प्रदेश युवा सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो । युवालाई सामाजिक र...