राजनीति/ समाज

अनुदान कटौती सच्याउन माग गर्दै देशभरका स्थानीय तहका प्रमुख काठमाडौंमा

काठमाडौं । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय तहका प्रमुखहरु काठमाडौंमा पुगेका छन् । गाउँपालिका र नगरपालिका प्रमुखहरू अनुदान कटौती सच्याउन माग गर्दै काठमाडौ पुगेका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको...

राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश

काठमाडौं । संघीय संसद् अन्तरग राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक, २०८० पेश गरिएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त विधेयक पेश गरेकी हुन् । विधेयकमाथि सांसदहरूले सभा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएकी थिइन्...

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा उनीहरूबीच समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे छलफल भएको स्रोतले जनाएको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन् ।

आज राष्ट्रिय सभाको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल...

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने गरी बोलाइएको हो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आथिर्क वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभाका ८ जना सांसदहरुले विभिन्न बुद्धामा संशोधन प्रस्ताव दर्ता...

बागमती प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफल सकियो

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । हिजो बुधबारबाट सुरु भएको प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सकिएको हो । छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा, सुझाव र सल्लाह दिएका थिए...

रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको हो । उक्त निर्णय कार्यान्वयनमा गएपछि रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले सर्वोच्चमा...

बागमती प्रदेश सभा बैठक जारी

मकवानपुर । बागमती प्रदेश सभा बैठक हाल जारी छ । बैठक प्रदेश सभा सचिवालयमा बसिररहेको हो । बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल प्रारम्भ भएको हो । जेठ १४ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट...

कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्लीतर्फ प्रस्थान गरेका हुन् । वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । नेता सिंहका स्वकीय सचिव...