राजनीति/ समाज
एमाले नुवाकोटको अध्यक्षमा मैनाली
काठमाडौं । नेकपा एमाले नुवाकोट जिल्लाको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आठौँ जिल्ला अधिवेशनमा मैनालीले उनको प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । मैनालीले ३४५ मत प्राप्त गर्दा प्रधानले २३७ मत प्राप्त् गरेका हुन् । त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १०...
प्रतिनिधि सभाबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित
काठमाडौं । संघीय संसद्अन्र्तगत पर्ने प्रतिनिधि सभा बैठकबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको उक्त विधेयक बिहबार बहुमतले पारित गरिएको हो । विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई...
मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाल मन्त्रिपरिषद् बैठक जारी छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो । आजको बैठकमा केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुने सम्भावित सूची रहेको एक मन्त्रीले जानकारी दिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्ने...
एमाले सुनसरीका अध्यक्ष खनालको निधन
मोरङ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका खनालको उपचारका क्रममा भारतको हैदराबादमा निधन भएको हो । बिरामले च्यापेपछि थप उपचारका लागि जेठ २२ गते हैदराबाद लगिएको खनालको निधन भएको एमाले सुनसरीले जनाएको छ । स्व. खनाल नेकपा एमाले सुनसरीको...
प्रतिनिधि सभा बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजे सुरु हुने गरी आह्वान गरिएको हो । सो बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्ने संसद् सचिवालयले...
प्रदेश सडक गुरुयोजना स्वीकृत गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । पूर्वधार विकासअन्तर्गत सडक पुल निर्माणलाई व्यवस्थित गर्न सरकारले प्रदेश सडक गुरुयोजना...
बागमती प्रदेश मन्त्रिपरिषद्ः समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट
मकवानपुर । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट गरेको छ । बैठकले प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका एक/एक वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वडाहरू छनौट गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका...
योजनाको रकम भुक्तानीको व्यवस्था गर्न गाउँपालिका महासंघको माग
मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले प्रदेश अनुदानमार्फत् संचालित योजनाको रकम भुक्तानीको व्यवस्था गर्न माग गरेको छ । महासंघले बागमती प्रदेश सरकारसंग योजनाको रकम भुक्तानीको व्यवस्था गर्न माग गरेको हो । महासंघका केन्द्रीय सदस्य लोकबहादुर मुक्तान, बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, सचिव कान्छालाल जिम्बा र विभिन्न गाउँपालिकाका...
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिबल भएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन् । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप मुख्यमन्त्री यादवले विश्वासको...









