राजनीति/ समाज
रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि परेको रिटमा आज फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ हुने भएको हो । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर भएको...
कांग्रेस–एमाले गठबन्धनलाई साथ लोसपाको निर्णय
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । पार्टीको बबरमहलस्थित कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेसँगै पछिल्लो समय विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन्...
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो । सोमबार...
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रचण्डलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेको छ । कांग्रेस र नेकपा एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री प्रचण्डले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला कांग्रेसले आग्रह गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए...
२०६२ यता सरकारमा ४ पटक माओवादीको नेतृत्व, १० पटक महत्वपूर्ण हिस्सासहित सहभागी
काठमाडौँ । माओवादीले २०६२ मंसिरमा १२ बुँदे सम्झौता गरेर सशस्त्र विद्रोह त्याग्यो । सोही सम्झौताको जगमा भएको ०६२/०६३ को जनआन्दोलनले राजतन्त्र ढल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपश्चात् माओवादीले करिब दुई दशकको अवधिमा सत्ताको लाभैलाभ लिइरहेको छ । २०६३ सालमा कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम...
प्रतिनिधि सभाको सचिवमा अधिकारी
काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् । प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेय प्रतिनिधि सभाको महासचिव भएपछि रिक्त रहेको उक्त पदमा अधिकारी नियुक्ती भएका हुन् । पूर्वसचिव...
प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण गठबन्धन फेरियोः लोसपा
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेको भन्दै आफुहरुले यसलाई स्वागत गरेको जानकारी दिए । उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ...
कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको समर्थन
काठमाडौँ । उपेन्द्र यादवले नेतृत्व गरेको जनमत समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस एमाले गठबन्धनलाई साथ दिने भएको छ । यादवले नयाँ सत्ता सहकार्यको विषयमा भने औपचारिक छलफल भइनसकेको बताएका छन् । सत्ता जोगाउन आफ्नो पार्टी प्रचण्डले फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् । उनले भने, ‘हामीसँग...
बाबुरामको टिप्पणीः सबैलाई सधैँभरि ठग्न सकिँदैन
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले नेकपा माओवादी केन्द्रतर्फ इङ्गित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ...
राजेन्द्र महतोद्वारा विस्तारित बैठक आह्वान
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले विस्तारित बैठक आह्वान गरेको छ । बैठक असार २० र २१ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा संगठन निर्माण, कार्यक्रम, कार्ययोजनालगायतको विषयमा छलफल हुने क्रान्तिका नेता सन्तोष मेहताले जानकारी दिए । यसअघि बसेको विस्तारित बैठकले जेठ ७ देखि...










