राजनीति/ समाज
अध्यक्ष ओलीले बोलाए मन्त्रीहरुलाई बालकोट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् । सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले उनीहरुलाई बोलकोटमा बोलाएका हुन् । अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाएका हुन् । तर, किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीले बताए ।
नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । नेता देव कांग्रेस परित्याग गरी एमालेका प्रवेश गरेका हुन् । सप्तरी निवासी उनलाई सोमबार एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव...
गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मंगलबार ऐतिहासिक फोटो प्रदर्शन गर्ने भएको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलनमार्फत् पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने जानकारी दिइएको हो । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श...
एकीकृत समाजवादीको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमोसमेत प्रस्तुत गरेका छन् । एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डलसमेत गठन गरिएको छ । सोही मण्डलले...
प्रादेशिक संरचनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस
हेटौंडा । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । हेटौँडा–१७, हटियामा प्रदेश सरकारका...
राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको पनि बैठक बस्दैछ । बैठक आज दिउँसो १ः१५ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था,...
प्रचण्डलाई भेट्न बिहानै बालुटार पुगे ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार बिहानै बालुवाटार पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । उनीहरुबीच यसअघि आइतबार पनि भेटवार्ता...
एकीकृत समाजवादीको महाधिवेशनः आज बन्दसत्र
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत आजबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । सो बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने...
प्रतिनिधि सभाको बैठक आह्वान
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बस्ने उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । साथै बैठकमा सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...










