राजनीति/ समाज

लामाले मुख्यमन्त्री पदका लागि दाबी पेश भोलि मात्रै गर्ने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले भोलि मंगलबार मात्रै मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् । यसअघि सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भनिएपनि विशेष कारणवस समय सरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्द प्रसाद लम्सालले जानकारी दिए । केन्द्रिय समीकरण अनुसार, कांग्रेसको...

आज ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज बनाइँदैछ । आज विविध कार्यक्रमको आयोजना गरी पष्पलाल स्मृति दिवस मनाइने भएको हो । उनको सम्झनामा आज नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिस्ट पार्टीहरूले...

पूर्व राज्यमन्त्री रायको हत्या

जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी रायको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार, अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ८० वर्षीय रायको हत्या गरेको हो । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

बागमती प्रदेशः मुख्यमन्त्रीको दाबी पेश गर्दै लामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले सोमबार मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् । केन्द्रिय समीकरण अनुसार, कांग्रेसको भागमा परेको बागमती सरकारमा लामाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदको दाबी पेश गर्न लागेका हुन् । एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले गत असार २४...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । यसैगरी, आजको बैठकमा कानुनमन्त्री अजय कुमार...

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । चौथो पटक प्रधानमन्त्री बनेका उनले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा १६८ जना र विपक्षमा ७४ जना प्रतिनिधि सभाका सदस्यले मतदान गरेका थिए । २६३ जना सहभागी प्रतिनिधि सभामा १...

बागमती प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही साउन ८ गते बेलुका ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । उनले दुई...

पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । नेकपा एमाले मकवानपुरले ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको सम्झनामा हेटौंडा–५ स्थित पार्टी कार्यालय परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए...

बागमती प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको राजीनामा स्वीकृत

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामालाई स्वीकृती प्रदान गरेका छन् । प्रदेश प्रमुख शर्माले संविधान बमोजिम जम्कट्टेलको राजीनामालाई स्वीकृती प्रदान गरेका हुन् । अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुखसमक्ष पदबाट राजीनामा दिएका थिए । गत असार २४ गते नेकपा एमालेबाट सरकारमा...

बागमती मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश प्रमुख यादवचन्द शर्मासमक्ष पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेको उनले आइतबार बसेको प्रदेश सभालाई सम्बोधन गरेका थिए । सो क्रममा उनले अविश्वासको प्रस्तावलाई...