बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति
मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मंगलबार आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
कांग्रेस प्रमुख सचेतक गोविन्द लम्साले दिएको जानकारी अनुसार, कांग्रेस र एमाले नेताहरुबीच प्रदेश सभाको बाँकी अवधिमा दुई दलले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
प्रदेश सभाको अवधि अब ४१ महिना मात्रै रहेको छ । जसमा कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको उनको भनाई छ ।
सहमति अनुसार बागमतीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा नियुक्ती हुँदैछ । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
