राजनीति/ समाज
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभाको आज ४ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत लिन लागेका हुन् ।
रास्वपाको दुई दिने बन्द कार्यशाला आजबाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो । भोलिसम्म संचालन हुने कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको सह–प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यशालामा विचार, सङ्गठन, मूल्य(मान्यता,...
प्रधानमन्त्री ओली थाइल्याण्ड जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैठौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लो पटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुनेछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास...
आज तीन वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे...
एमाले केन्द्रीय सदस्यमा १७ जना मनोनीत
काठमाडौं । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यी हुन् मनोनीत हुने सदस्यहरुः १, सुवास कर्माचार्य (सिन्धुपाल्चोक) २, कुन्दन कुशवाह (रौतहट) ३, जितेन्द्र देव (सुनसरी) ४, रामपृत राम (सिरहा) ५, कृष्णभक्त पोखरेल...
एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत
काठमाडौं । नेकपा एमालेको केन्द्रीय उपाध्यक्षमा गुरु बराललाई मनोनीत भएका छन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्ष पदमा मनोनीत गरेको हो । यस्तै, सचिवालय बैठकले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार, बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई...
आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । त्यस्तै, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ भने बिहान ११ बजे नै विकास, आर्थिक मामिला...
एमालेको सचिवालय बैठक ११ बजे बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । च्यासलस्थित केन्द्रीय कार्यालयमा नै बस्ने गरी बोलाइएको बैठक बुधबार राति आएको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेकाले होटेलमा बस्न लागेको एमालेले...
बागमतीसहित तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखको शपथ आज
काठमाडौं । बागमतीसहित तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनीहरुले आज साँझ ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा आयोजना हुने एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । शपथ ग्रहण गर्ने प्रदेश प्रमुखहरुमा बागमतीका दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर...
बागमतीः सडकमा प्राकृतिक अवरोध भएमा समन्वय गर्न प्रतिकार्य टोली गठन
मकवानपुर । बागमती प्रदेशमा प्राकृतिक विपत्तिबाट प्रादेशिक सडकमा हुने गरेको आपतकालीन अवरोधका बेला समन्वय गर्न प्रतिकार्य टोली गठन गरिएको छ । बाढी, पहिरो लगायत विपद्को विभिन्न घटनाका कारण प्रादेशिक सडकमा हुने आपतकालीन अवरोधका समयमा न्युनतम सूचना प्रवाह र आवश्यक समन्वय गर्ने उद्देश्यले पाँच सदस्यीय टोली गठन गरिएको हो ।...








