राजनीति/ समाज
निर्वाचन सुरक्षित बनाउन चितवनमा कुकुरको प्रयोग
रत्ननगर, चितवन, १९ मंसिर : चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालीमप्राप्त कुकुरको प्रयोग गरिएको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटौंडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न...
उम्मेदवारी फिर्ता नलिने राउतको अडान
मकवानपुर १९ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न पुष २७,२८ र २९ गते हुने निर्वाचनको लागि हालका महासचिव समेत रहेका महेन्द्र राउतले जुनसुकै हालतमा पनि आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् । आज हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी राउतले व्यवसायीको हितका लागि आफ्नो उम्मेदवारी रहेको समेत स्पष्ट...
उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार
लहान, १९ मंसिर/रासस : अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ ख का प्रदेशसभा उम्मेदवार बनेका मो सहमुद अलीमाथि...
लोकतान्त्रिक गठबन्धनको जीतलाई कसैले रोक्न सक्दैन : उम्मेदवार कमल थापा
हेटौँडा, १८ मंसिर। लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ । सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए । हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उपप्रधानमन्त्री...
काँग्रेस नेता गगन थापामाथि बम प्रहार
काठमाडौँ, १८ मंसिर/रासस : चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र...
हेटौँडा १२ र १४ मा लोकतान्त्रिक गठबन्धनको चुनाबी सभा
मकवानपुर, १८ मंसिर । लोकतान्त्रिक गठबन्धनले हेटौँडा १२ र १४ मा चुनावी सभा गरेको छ । आईतबार हेटौँडा–१४ मयुरधाप र हेटौँडा १२ पदमपोखरीमा चुनाबी सभा सम्पन्न गरिएको हो । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता तथा मकवानपुर...
‘अब नेपालीको सुखको दिन आयो’–न्यौपाने
हेटौँडा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले राष्ट्र जोगाउन वाम एकता भएको बताएका छन् । वाम शक्तिहरुको वर्चश्व हुँदा हुँदै पनि वाम शक्तिहरु अलग अलग रुपमा रहेकोले देशले सोचजस्तो गति लिन नसकेको उनको भनाई थियो । आइतबार हेटौंडा १६,१७ र १८ नम्बर वडाको हटियामा भएको...
मातृ शोकमा परेका मैनालीको यस्तो छ जनताप्रति चिन्ता
मकवानपुर १७ मसिंर । नयाँ शक्ति पार्टी मकवानपुरका प्रदेशसभा क्षेत्र नम्वर १ (ख) का उम्मेदवार राजन मैनालीले आमाको असमायीक निधनको कारण आफु चुनाव प्रचारको क्रममा जनताको घर दैलोमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । तु खबर संग कुराकानी गर्दै मैनालीले आफु जनताको घरदैलोमा पुग्न नसकेपनि जनताले नयाँ शक्तिको...
नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश
काठमाडौँ, १७ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा (एमाले)...
बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही –अध्यक्ष ओली
विराटनगर, १७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताउनुभयो । नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उहाँले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाउनुभयो ।...










