राजनीति/ समाज

थाहानगरलाई पर्यटकीय क्षेत्र बनाइने : डीना उपाध्याय

हेटौंडा, १४ मंसिर / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गर्ने बताइन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङ डाँडामा भएको कोणसभामा डिनाले आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जन लिनको लागि...

काङ्ग्रेसलाई भोट माग्न बानियाँ पत्नी हाँडिखोलामा

मकवानपुर, १४ मंसिर । यहि मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा हाँडिखोला पुगेकी छिन् । प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को ख बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार हाँडिखोला पुगेका...

कमल थापाले चर्च बनाउँछु भन्दा हाँसो लाग्योः मुनु सिग्देल

मनहरी–नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलले हिन्दु धर्मको वकालत गर्दै हिँडेका कमल थापाले चर्चहरु बनाइदिन्छु भन्दै हिँड्दा हाँसो उठेको बताएकी छिन् । मनहरीमा बुधवार आयोजित क्रिश्चियन समुदायसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘धर्म निरपेक्षताका लागि कम्युनिष्टहरुले गरेको संघर्षले साकार रुप लिएको छ, अहिले आएर क्रिश्चियनको मत पाइन्छ...

काँग्रेस छप्ल्याङको भुत : विरोध खतिवडा

हेटौंडा,१३ मंसिर/ मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाका बाम गठबन्धन उम्मेदवार बिरोध खतिवडाले काँग्रेसलाई छप्ल्याङको भुत भएको आरोप लगाएका छन् । थाहा नगरपालिका ६ बज्रबाराहीमा बुधबार भएको कोणसभामा बोल्दै उनले भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह गरे । काँग्रेस र राप्रपाको गठबन्धनलाई पूर्व पञ्च र मण्डलेहरुको पञ्चायत भन्दै खतिवडाले यसबाट आशा...

एमाले जिल्ला अध्यक्ष मण्डलको निधन

गौशाला, १३ मंसिर । नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि...

‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

रत्ननगर, चितवन, १३ मंसिर /रासस : नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताएका छन् । भरतपुर महानगरपालिका– २४ को नयाँ बस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ नौ महिनामा...

कुमारी मोक्तानलाई स्थानीयको प्रश्न : चुनाव जितेपछि गाउँ फर्किन्छौ कि फर्किन्नौ ?

हेटौंडा,१२ मंसिर÷बाम गठबन्धनका मकवानपुर २(ख) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले भिमफेदी गाउँपालिकामा मंगलबार मतदाताको घरदैलोमा पुगेर मत मागेकी छिन् । उनले भिमफेदी गाउँपालिकास्थित भैँसे, निवुवाटार, आँपचौर र भिमफेदी बजार घरदैलो कार्यक्रम गरेकी हुन् । घरदैलोको क्रममा मतदाताहरुले यस क्षेत्रको समस्या र आश्यक विकास निर्माणका कामहरुबारे मोक्तानलाई जानकारी गराएका थिए...

समृद्ध नेपाल बनाउने योजना नयाँ शक्तिसँगमात्र छ : बिजय

मकवानपुर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा २ का उम्मेदवार सोनाम सिं स्याङतान बिजय घरदैलो व्यस्त छन् । आज उनले मकवानपुरको मनहरी, रमनटार, सुनाचुरीलगायतका क्षेत्रमा घरदैलो गरेका छन् । उनीसँगै प्रदेशसभा उम्मेदवार प्रकाश मैनाली पनि घरदैलोमा सहभागी भएका छन् । बिभिन्न ठाउँमा घरदैलो गर्दै हिँडेका बिजयले यो देशमा नयाँ...

विकास गर्नेलाई मात्रै भोट : बानियाँ

हेटौँडा, १२ मंसिर । प्र्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्र्बहादुर बानियाँले अब मतदाताले आफ्नो क्षेत्रको विकास गर्ने उम्मेदवारलाई मात्रै भोट दिनेमा आफु ढुक्क रहेको बताएका छन् । लेवटमा मंगलबार भएको चुनावी प्र्रशिक्षण कार्यक्रममा बोल्दै बानियाँले विगतमा भोट दिएकाले काम नभई कुरामात्रै गरेकाले मतदाता...

जिल्ला इन्चार्ज सुमनसहित १० जना पक्राउ

अर्घाखाँची, १२ मंसिर रासस : निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्न सक्ने आशंकामा प्रहरीले नेकपा विप्लवका जिल्ला इन्चार्ज सुमन भनिने गंगाप्रसाद ज्ञवालीलाई नियन्त्रणमा लिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी...