राजनीति/ समाज

राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

काठमाडौँ, २६ मंसिर । आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले...

तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदान गर्न काँग्रेसको माग

काठमाडौँ, २६ मंसिर । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार...

हतियारसहित आक्रमण प्रयास गरेको राजाराम स्याङ्तानको आरोप

हेटौँडा, २६ मंसिर । मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार एवं निवर्तमान सांसद राजाराम स्याङ्तानले सोमबार पत्रकार सम्मेलनमार्फत आफूमाथि हात हतियारसहित आक्रमण प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा उनले अनर्गल प्रचारहरु गरी चरित्र हत्या गरेको आरोप लगाए । मतका लागि कम्बल, चामल र रकम बितरण...

शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने रक्षामन्त्रीको सुझाव

काठमाडौँ, २५ मंसिर । नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने आशय व्यक्त गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने समेत बताए । नेता प्रधानले...

भारी मतले डिना उपाध्यायलाई पराजित गर्दै चौथो पटक विजेता भए विरोध खतिवडा

मकवानपुर । प्रतिनिधिसभा २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी डिना उपाध्यायलाई भारी मतले वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले पराजित गरेका छन् । वाम गठबन्धनका उम्मेदवार खतिवडालले ४४ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् भने उपाध्यायले ३२ हजार ६ सय ५८ मत प्राप्त गरेकी छिन् । खतिवडाले...

कृष्ण दाहालबाट तेस्रो पटक पराजित कमल थापा

मकवानपुर । प्रतिनिधिसभा १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कमल थापा अन्ततः पराजित भएका छन् । वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले थापालाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् । थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् भने दाहालले ४० हजार ६ सय ३१ मत प्राप्त...

जसले मतान्तरमा इतिहास रचे

–रमेश लम्साल काठमाडौँ, २३ मंसिर (रासस) : प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिनु भएको छ । नेकपा (एमाले) र नेकपा( माओवादी केन्द्र)का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा...

प्रतिनिधिसभा २ को (क) र (ख) को अन्तिम मत परिणाम

मकवानपुर । प्रतिनिधिसभा २ को क मा वाम गठबन्धनकी कुमारी मोक्तानले २७ हजार २ सय ४३ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका यतिराज सापकोटाले १४ हजार १ सय २५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा यस्तो छ दलका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम हँसिया...

यस्तो छ मकवानपुर प्रतिनिधिसभा – २ का उम्मेदवारहरुले हालसम्म प्राप्त गरेको मतपरिणाम

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा २ मा वाम गठबन्धनका तर्फबाट विरोध खतिवडाले २३ हजार ४५ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनकी डिना उपाध्यायले १७ हजार ९ सय ३६ मत प्राप्त गरेकी छिन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, गिलास चुनाव चिन्ह भएका राष्ट्रिय जनमोर्चाका रामहरि धितालले २ सय...

प्रेमबहादुर पुलामी २८ सय मतबढि ल्याइ विजयी

मकवानपुर । वाम गठबन्धनका तर्फबाट प्रदेशसभा उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु २८ सय ५४ मत प्रतिस्प्रधी उम्मेदवार लोकतान्त्रिकका तर्फबाट धर्म राज लामिछाने भन्दा बढी मत ल्याएर बिजयी भएका छन् । माओवादी केन्द्रका संयोजक समेत रहेका पुलामी विजयी भएपछि मतगणना स्थलमा समर्थकहरुले नारा लगाइरहेका छ्न । पुलामिले २१ हजार ६...