माओवादी केन्द्रले माग्यो चार प्रदेशसभा सभामुख

तु खबर संवाददाता
२०७४ पुष ३०, आईतवार २१:४८
CPN-Maoist Centre Chairperson Pushpa Kamal Dahal speaks at a programme organised by the leftist alliance after filing his nomination for upcoming polls in Chitwan, on Thursday, November 02, 2017. Photo: Tilak Ram Rimal

काठमाडौँ, ३० पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने राससलाई जानकारी दिनुभयो ।

राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*