पोखरियाका लागि ३९ करोड ६२ लाख बजेट

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १४:२३
तस्बिर–गुगल

वीरगञ्ज, १४ पुस । पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभामार्फत रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोन गरिएको राससले जनाएको छ ।

झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो ।

नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ रु तीन करोड ४४ लाख ६५ हजार, पुँजीगत खर्चतर्फ रु १८ करोड २१ लाख ५४ हजार र सशर्त अनुदानतर्फ रु १२ करोड ७६ लाख दुई हजार रहेको छ ।

सो बजेटमा शिक्षा, स्वास्थ्य, आयुर्वेद, पशु, पोखरिया अस्पताल, गरिबसँग विश्वेश्वर कार्यक्रम, पोषण कार्यक्रम, सामाजिक सुरक्षा भत्तासमेत गरी रु चार करोड पाँच लाख ५० हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु १४ लाख ६१ हजार, भवन निर्माणतर्फ रु ५० लाख र समपूरक कोष रु ५० लाख विनियोजन गरेको छ ।

बजेटमा मानव स्रोतको विकास र पहिले बच्चा जन्मिने बालिकालाई ३५ दिनभित्र जन्मदर्ता गराएमा उनको आमालाई एकमुष्ट १० हजार विवाह बीमा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*