गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतमा आज नियुक्त गर्नुभएको राससले जनाएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
