बैंक/ बीमा/शेयर

कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो...

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...

सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम मिति

काठमाडौं । सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । होटलले चैत्र २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने बैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात् नयाँ वर्ष २०८० को दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २३ अंकले घटेको छ । नेप्से इन्डेक्स १.२२ प्रतिशतले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ वर्ष लागेसँगै शेयर बजार...

बैशाखमा तीन कम्पनीले आइपीओ निष्काशन गर्ने

काठमाडौं । बैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । मेन्छियाम हाइड्रोपावरले बैशाख ४ गते सोमबारदेखि आइपीओ निष्काशन गदैछ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६...

आइतबार शेयर बजारमा गिरावट

काठमाडौं । आज साता शेयर कारोबार अर्थात नयाँ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ । आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ। आज...

शेयर बजारमा २९ अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक हरियाली छाएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक...

नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको आवेदन पुनः खुल्यो

काठमाडौं । धितोपत्र बोर्ड विरुद्धको मुद्दा खारेज भएसँगै पुनः नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज लाइसेन्सको आवेदन खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार एक सूचना जारी गर्दै १० दिनको अवधि राखेर नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्सको आवेदन खुल्ला गरेको हो । यसअघि बोर्डले गत...

माई खोला हाइड्रोपावरले आईपीओ खुला गर्ने

काठमाडौं । माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने बैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले आयोजना...

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो

काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको हो । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो । पुस मसान्तसम्म...