विश्व विविध
युक्रेनको सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर चार जनाको मृत्यु
कीभ । पूर्वी युक्रेनको क्रामाटोर्स्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार गरिएको हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र सपिङ सेन्टरमा परेको थियो । यो सहर हाल युक्रेनको नियन्त्रणमा रहे पनि यो रुसी नियन्त्रित क्षेत्रको नजिक...
चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो । चिनियाँ...
बागमती प्रदेश सभाको अर्को बैठक असार १२ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा गर्दै सो बारे जानकारी गराएको हो । बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । प्रदेश सभाको आज अपराह्न बसेको...
ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु
काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको बीबीसीले जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु...
जर्मनीले माग्यो नेपाली कामदार
काठमाडौं । युरोपका विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ । जर्मनीको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक...
विवाहबाट फर्केको डुंगा पल्टिँदा एक सय जनाको मृत्यु
अबुजा । उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुंगा पल्टिँदा उनीहरुको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुंगा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । बिहान करिब...
लागूऔषध चरेशसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज बिहान अवैध लागूऔषध चरेशसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ६ किलोभन्दा बढी चरशससहित एक जना जर्मन नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेका छन् । उनलाई टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै...
३० अर्ब ८७ करोडभन्दा बढी आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले मंगलबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउन लागिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार, मंगलबार निष्काशन हुने ट्रेजरीको सोमबार अर्थात् जेष्ठ २२ गते...
अमेरिकी भिसाहरूको आवेदन शुल्क बढ्यो
काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालस्थित अमेरिकी...
भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये ४...






