विश्व विविध
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गयो
काठमाडौं । क्यारेबियन सागरमा शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण–पश्चिममा पर्दछ । यस्तै, भूकम्पपछि त्यस आसपासका टापुहरूमा...
भारतमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३ नेपालीको सनाखत
नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये हालसम्म ७ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये तीन जना नेपाली नागरिक रहेको खुल्ल आएको बुझिइएको छ । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी...
टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ जना घाइते
अंकारा । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी हुँदा उनीहरुको मृत्यु भएको टर्कीका मन्त्री अली येर्लिकायाले जानकारी दिए । धेरै प्रयासपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिएको र...
आज पदभार ग्रहण गर्दै राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्ने भएका छन् । सोमबार १२ बजे ह्वाइटहाउसमा उनले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्ने भएका हुन् । ७८ वर्षीय उनले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेश गर्नुअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना...
अमेरिकामा टिकटक बन्द
काठमाडौं । अमेरिकामा टिकटक बन्द भएको छ । चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको हो । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको जनाइएको छ । एप्लीकेशन खोल्दा टिकटक अहिले उपलब्ध नभएको र अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाइएकाले टिकटक...
अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेको एनबीसी वाशिंगटनले जनाएको छ...
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो । भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित...
दक्षिण कोरिया विमान दुघर्टनाः मृतकको संख्या १७७ पुग्यो
सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा परेर मृत्यु हुनेको संख्या १७७ जना पुगेको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तिमा १७७ पुगेको अधिकारीहरुले बताएका छन् । बिहान १७५ यात्रु र छ जना चालक...
दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना भएको हो । १८१ जना सवार उक्त विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार, आइतबार बिहान...
मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु
मोरक्को । मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो । मृतकमध्ये २५ मालीका नागरिक थिए । उक्त डुङ्गामा करिब ८० जना व्यक्ति सवार रहेको बुझिइएको छ । जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका...





