विश्व विविध

अमेरिका–पाकिस्तान व्यापार सम्झौता: दक्षिण एशियाली शक्ति सन्तुलनमा नयाँ मोड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग ऐतिहासिक व्यापार सम्झौताको घोषणा गरेका छन्, जसअनुसार वाशिंगटनले पाकिस्तानमा रहेको भनिएको “विशाल तेल भण्डार” विकास गर्न सहयोग गर्नेछ। भारतसँगको व्यापार तनावबीच आएको यो निर्णयलाई विश्लेषकहरूले दबाबको रणनीति मानेका छन् बुधबार ट्रुथ सोशलमा गरिएको पोस्टमा ट्रम्पले भने, “हामीले भर्खरै पाकिस्तान देशसँग एउटा सम्झौता गरेका छौं,...

रूसमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

काठमाडौं । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो। यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ। आगामी तीन घण्टामा रूस र जापानका तटहरूमा सुनामीका लहरहरू...

गाजामा कुपोषणको भयावह अवस्था, ७४ जनाको मृत्यु

गाजामा लाखौं प्यालेस्टिनीहरू गम्भीर खाद्य संकटको चपेटामा परिरहेका छन्, जसले गर्दा अब त्यो क्षेत्र सामूहिक भोकमरीको नजिक पुगेको संयुक्त राष्ट्र-समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण आइपीसी पहलले चेतावनी दिएको छ। महिनौंदेखि जारी युद्ध, इजरायली नाकाबन्दी, र मानवीय सहायतामा बाधा पुग्दा गाजाका नागरिकहरूलाई अत्यावश्यक खाद्यान्न, स्वच्छ पानी र औषधि नपुग्ने...

चीनको बेइजिङमा भीषण बाढी : ३० जनाको ज्यान गयो, हजारौँ विस्थापित

काठमाडौँ । चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी र अविरल वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । गत सातादेखि जारी भारी वर्षाले राजधानीसहित उत्तरी चीनका विभिन्न भागमा जनधनको ठूलो क्षति पुर्‍याएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने जनजीवन पूर्णरूपमा अस्तव्यस्त...

जर्मनीमा रेल दुर्घटनामा परी तीन जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६ः१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले रेल ‘अज्ञात कारण’ ले दुर्घटना भएको...

पूर्वी कंगोको क्याथोलिक चर्चमा इस्लामिक स्टेट समर्थित विद्रोहीको आक्रमण: ३४ जनाको मृत्यु

पूर्वी कङ्गोको इटुरी प्रान्तमा रहेको कोमान्डा सहरको एक क्याथोलिक चर्चमा आइतबार बिहान इस्लामिक स्टेट समर्थित अलाइड डेमोक्रेटिक फोर्स  विद्रोही समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको ज्यान गएको छ। विद्रोहीहरूले बिहान करिब १ बजे चर्चमा आक्रमण गरेपछि स्थानीय बासिन्दामाथि गोली प्रहार साथै घर र पसलहरूमा आगजनी गरे। घटनास्थलको भिडियोमा जलेका...

हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड: ६ जनाको मृत्यु, सयौं भक्तजन घाइते

आइतबार बिहान उत्तराखण्डको हरिद्वारस्थित पहाडी मनसादेवी मन्दिरमा पूजाका लागि भेला भएका सयौं भक्तजनबीच भागदौड मच्चिँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। घटनाको समय बिहान करिब ९ बजेको बताइएको छ, जब भक्तजनहरू मन्दिरको सिँढी चढ्दै थिए। प्रहरीका अनुसार भागदौडको कारण मन्दिरमा करेन्ट आएको भन्ने अफवाह...

कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमती

काठमाडौं । सीमा विवादमा झडप तनावग्रस्त बनेका कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमति भएको छ । आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन् । आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका...

कम्बोडिया–थाइल्याण्ड सीमा झडप: ३२ जनाको मृत्यु युद्धविरामको आह्वान

कम्बोडिया र थाइल्याण्डबीचको पुरानो सीमा विवाद फेरि चर्किँदै गएको छ, जसले पछिल्ला दिनहरूमा तीव्र हिंसाको रूप लिएको छ। बिहीबार सुरु भएको लडाइँ शनिबारसम्म तेस्रो दिन पनि जारी रहँदा ३२ जनाको ज्यान गइसकेको छ भने एक लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। थाइल्याण्डमा १९ र कम्बोडियामा १३ जनाको...

गाजामा इजरायली कारबाही र फ्रान्सको घोषणाबीच विश्व समुदाय विभाजित

प्यालेस्टाइन राज्यलाई मान्यता दिने फ्रान्सको पछिल्लो घोषणाले आगामी जुलाई 28-30 मा न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सम्मेलनमा नयाँ सास फेर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यो सम्मेलन पहिले अप्रासंगिक र औपचारिकतामा सीमित हुने देखिए पनि गाजाको पछिल्लो मानवीय संकट र इजरायली कारबाहीले यसलाई विश्वको ध्यान केन्द्रित गरेको  छ। गाजामा...