विश्व विविध
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
काठमाडौँ । सगरमाथा संवादका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलालाले परराष्ट्र मन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार, शिष्टाचार भेटका क्रममा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ...
भारत–पाकिस्तानबीच युद्धविराम घोषणा
काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुबै देशका उच्च अधिकारीहरुले युद्ध विराम भएको घोषणा गरेका हुन् । युद्ध विराम तत्काल लागू हुने समेत उनीहरुले जानकारी दिएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच...
भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’
काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको छ । पाकिस्तानले बुनयान उल मरसुस नाम दिएर जवाफी कारवाही सुरु गरेको अन्तर्राष्ट्रिय संचार माद्यमहरुमा उल्लेख छ । सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै अलजजिराले पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख...
पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २७ विमानस्थल
काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको सञ्चार माद्यमहरुले जनाएका छन् । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतीय नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु बन्द गरेको हो । पाकिस्तानले बिहीबार राति भारतमा मिसाइल आक्रमण गरेको थियो । जम्मु विमानस्थलमा गरिएको भनिएको सो आक्रमणपछिका विवरणहरु भने प्राप्त भएका छैनन्...
नेपालमा एमसीसी परियोजना नरोकिने
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेका कार्यक्रमहरू यथावत् रुपमा अगाडि बढ्ने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सेनेगल, मंगोलिया, आइभोरी कोस्टसहित नेपालमा एमसीसी परियोजना रोकिने छैन। अमेरिकी प्रशासनको खर्च कटौती योजनाअनुसार एमसीसी अन्तर्गतका केही देशमा कार्यक्रम स्थगित गरिने तयारी थियो। अमेरिकी...
क्यानडाको टोरन्टो विमानस्थलमा विमान पल्टियो
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएर दुर्घटना भएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । स्थानीय समय अनुसार दिउँसो करिब पौने ३ बजेको समयमा उक्त विमान रनवेको किनारमा उत्तानो परेको जनाइएको छ । उक्त विमानमा ८० यात्रु सवार रहेको बीबीसीले जनाएको छ...
एनआरएनको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन माल्टामा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघको १६ औं युरोपियन क्षेत्रीय सम्मेलन र युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन माल्टामा हुने भएको छ । सम्मेलन ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई मनन गर्दै २८ देखि ३० मार्चमा माल्टामा हुने भएको हो । विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालीको...
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाको रहेको बुझिइएको छ । आइतबार बिहान भएको...
दक्षिण कोरियामा निर्माणाधीन रिसोर्टमा आगलागी हुँदा ६ जनाको मृत्यु
सोल । दक्षिण कोरियाको बुसान सहरमा निर्माणाधीन एउटा रिसोर्टमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । बुसान अग्नि नियन्त्रक निकायका अनुसार बिहान करिब १०ः२० बजेको समयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जमिन माथि १२ तला र मुनि ३ तला रहेको तीन वटा भवनमा आगलागी भएको हो...
हमास र इजरायलबीच फेरी युद्ध सुरु हुने संकेत
काठमाडौं । इजरायल र हमासबीच फेरी युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने घोषणा गरेका हुन् । यसअघि हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको...









