विश्व विविध
टिभीको ‘प्राइम टाइम’ मा कन्डमको विज्ञापन रोक
नयाँ दिल्ली, २६ मङसिर । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् । भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको...
गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु
गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर । प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य...
हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए
काबुल, २१ मङसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरी...
बेइजिङ सहरमा वायु प्रदूषण घट्यो
बेइजिङ, २१ मङसिर । चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ । बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् । यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा...
नाकाबन्दीमा पनि आर्थिक वृद्धि
दोहा, २० मङ्सिर । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिनुभएको छ । उहाँले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका...
हवाई कारबाहीमा तालिवानका कमाण्डर मारिएको पुष्टी
गजनी, अफगानिस्तान, २० मङ्सिर । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा हालै भएको अफगान हवाई बलको कारबाहीमा एकजना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टी भएको छ । गत आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीनजना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टी गरेको हो । उक्त सैन्य बलले...
क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता
म्याड्रिड, २० मङसिर । स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उनीहरु बेल्जियम हुनुहुन्छ । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उनीहरुले भूमिका खेल्नुभएको भन्दै उनीहरुहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उनीहरुमाथि देशद्रोहको आरोप...
हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई साउदी अरबको आग्रह
रियाद, २० मङ्सिर । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई आग्रह गरेको छ । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर उहाँको हत्याको बारेमा भने साउदीले...
साउदी गठबन्धन यमनी वार्ताका लागि तयार
साना, १७ मङसिर । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गर्नुभएको समाचार छ । उहाँले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त अर्काे एक समाचारमा पनि जनाइएको छ । यमनका पूर्व राष्ट्रपति...
भेनेजुयलाको सरकार र विपक्षी दलबीचको वार्ता बिफल, छलफल जारी रहने
कारकास, १७ मङसिर । भेनेजुयलाको सरकार र यहाँको विपक्षी राजनीतिक दलबीचको वार्ता सहमतिमा पुग्न असफल भएको समाचार छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष आइतबार सकिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अहिले विषयगत रुपमा सहमती नजुटेपछि दुई...








