विश्व विविध
सिरियामा युद्ध विरामको प्रयास विफल
संयुक्त राष्ट्रसंघ, ११ फागुन । सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो...
रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा मारिए २५० सर्वसाधारण
आर्बिन, सिरिया ९ फागुन । दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा...
कोलकातामा नेपाल भवन बनाउन आह्वान
काठमाडौँ, ९ फागुन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको चतुर्थ साधारणसभाले सभापतिमा राजु पाठकलाई सभापतिमा चुनेको छ । मञ्चका उपसभापतिमा बद्रीविक्रम थापा र टीकारामगोपाल भित्रीकोटी, महासचिवमा विष्णुप्रसाद बस्याल, सचिवमा देवराज भट्टराई र रामायणप्रसाद धमला, कोषाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा गुञ्जदास श्रेष्ठ रहनुभएको छ । त्यस्तै शिक्षा, साहित्य एवम् प्रकाशन...
ताइवान भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या १२ पुग्यो
ताइपेइ , ताइवान, २६ माघ । ताइवानमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १२ पुगेको ताइवान विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । शुक्रबार दिउसो एक क्यानडाली जोडीको उद्धार भएसँगै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो । अझै पनि भूकम्पका कारण ढलेको एक...
शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते, १४५ जना हराए
हुवालिन, २४ माघ । ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ । भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन्...
पुर्व राष्ट्रपतिका छोराद्धारा आत्माहत्या
हवाना, १९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ । केही महिनादेखि विरामी उहाँ पछिल्लो समयमा ‘डिप्रेसन’ मा हुनुहुन्थ्यो । बिहीबार बिहान उहाँले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ । क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गर्नुभएका उहाँले...
उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प
वासिङ्टन, १७ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको...
हटायो अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध
वासिङ्टन, १६ माघ अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा...
बस दुर्घटनामा ४५ को मृत्यु
नयाँदिल्ली, १६ माघ । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो । यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५...
अफगानिस्तानको एम्बुलेन्स बम आक्रमणबारे नेपाल सरकारद्धारा निन्दा
काठमाडौँ, १४ माघ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको...










