विश्व विविध
मलेसियामा मन्त्रीहरुको सुविधा १० प्रतिशत कटौति
मलेसिया, १० जेठ । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ । मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री...
क्युबामा विमान दुर्घटना हुँदा सय भन्दा बढीको ज्यान गयो
रासस/सिन्ह्वा हवाना, ५ जेठ / ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ...
सिरियामा फेरि ४२ जनाको मृत्यु
लेबनान, ३० बैशाख । यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो । आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको मृत्यु...
इजरायली आक्रमण : सिरियामा २३ लडाकू मारिए
बेरुत, २८ बैशाख । इजरायली सेनाले सिरियाका विभिन्न ठाँउमा गरेको आक्रमणमा परी कम्तीमा २३ लडाकू मारिएका छन् । बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले बिहीबार दिएको जानकारी अनुसार मारिनेमा केही सिरियाली र केही विदेशी रहेका छन् । इजरायली सेनाले सिरियामा दर्जनौ इरानी सेनालाई पनि आक्रमणका लागि तयारी...
महाथिर मोहमद बने विश्वको सबैभन्दा बृद्ध प्रधानमन्त्री
क्वालालम्पुर,२७ बैशाख । मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको...
अमेरिकामा नेपाली भवन बनाउन सप्ताह लगाईयो, करोडौँ संकलन
क्यालिफोर्निया, २४ बैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा...
कार्ल मार्क्सको जिवनी बारे चलचित्र प्रदर्शन
बेइजिङ,२२ बैशाख । कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ । कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र...
अफगानिस्तानमा बम आक्रमण, बिबिसीका एक सहित सञ्चारकर्मीसहित ३६ मारिए
काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि...
मलेशियामा नेपालीहरुलाई जथाभावी यातना र कैद बढ्दो
काठमाडौँ, १७ बैशाख । वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने...
कोरियामा प्रदेश नम्बर ३ एकता समाज गठन, अध्यक्षमा मकवानपुरका किशोर ब्लोन चयन
दक्षिण कोरिया, १६ बैशाख । ‘प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरिया’को प्रथम अधिवेशन दक्षिण कोरियामा सम्पन्न भएको छ । कोरियामा रहेका प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्ला मध्ये क्रियाशिल ९ जिल्ला समितिको समान प्रतिनिधित्वमा ‘देश विकासमा हाम्रो योगदान, एकताको शुत्रमा समृद्धिको उठान’ भन्ने मुल नारासहित पहिलो अधिवेशन भएको...









