विश्व विविध
अमेरिकामा आँधी, चार जनाको मृत्यु
वासिङ्टन । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो । अलाबामा राज्यको...
पेरुका पूर्वराष्ट्रपति एलेनले गरे आत्महत्या
काठमाडौं ५ वैशाख । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । भ्रष्टाचार आरोपमा पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे ।...
टिकटक एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह
भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो । भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल...
चीनमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु
बेइजिङ २९ चैत्र । मध्य चीनमा भएको मालबाहक रेल दुर्घटना भएको छ । रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तको गोन्यीमा भएको रेल दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र...
लिबियामा भीषण भिडन्त : ३२ जनाको मृत्यु
त्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु...
इन्डोनेसियामा बाढीमा परी ज्यान गुमाउनेकोे संख्या ७७ पुग्यो
जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । घटनामा परी घाइते हुनेको संख्या १ सय १६ जना रहेका छन् भने उद्धारको प्रयास जारी रहेको स्थानीय अधिकारीहरुले जनाएको छ । बाढीमा परी अझै पनि कैयौ...
इन्डोनेसियामा बाढीमा परी ६३ जनाको मृत्यु, कैयौँ बेपत्ता
जाकार्ता, ३ चैत्र । अत्यधिक बर्षाका कारण इन्डोनेसियाका पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापनले जनाएको छ । बाढीबाट प्रभावित...
न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते
न्युजिल्याण्ड १ चैत्र । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये...
मेक्सिकोमा सडक दुर्घटनाबाट २५ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रबासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त...
हाई अलर्ट : पाकिस्तानी लडाकु विमान भारत पस्यो, कयौँ विमानस्थल बन्द
एजेन्सी । पुलवामामा भएको आतंकवादी हलमापछि भारतीय वायुसेनाले पाकिस्तानभित्र पसेर हवाई हमला गरेपछि दुई देशबीचको सीमामा तनाव बढेको छ । पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् । यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन...








