विश्व विविध

व्यवसायी त्यागीको हत्या

नयाँ दिल्ली ३१ वैशाख । पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा आफ्नी छोरीमाथि भएको दुर्व्यवहारको प्रतिवाद गर्दा ५१ वर्षे व्यवसायीको हत्या भएको छ । छोरीलाई दुर्व्यवहार गर्ने एक केटाको घरमा उनका बाबुसँग कुरा गर्न पुगेका व्यवसायी ध्रुवराज त्यागीको हत्या भएको हो । उनलाई घेराहाली थुप्रै पटक छुरा प्रहार गरेका थिए ।...

भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

नयाँदिल्ली २९ वैशाख । भारतको आन्ध्र प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार शनिबार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको थियो । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु...

बारमा गोली चल्यो, एकको मृत्यु, दुई घाइते

एजेन्सी । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो। स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए। सन्...

पूर्वराष्ट्रपतिले भ्रष्टाचार गरेको फैसलाः प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी...

उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा

बीबीसी । अमेरिकाले उत्तर कोरियाको मालबाहक समुद्री जहाजलाई नियन्त्रणमा लिएको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप समेत लगाएको छ । अमेरिकाको न्यायिक विभागका अनुसार सो जहाज कोइला लिएर हिंडिरहेको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातक राष्ट्रको रुपमा चिनिन्छ । यही जहाजलाई सन् २०१८मा पनि...

पाकिस्तानमा बम बिस्फोट, चारको मृत्यु, १५ जना घाइते

पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार बम बिस्फोट भएको छ । बुधबार भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

फानी चक्रवात पीडितका लागि अक्षय कुमारको सहयोग

भारतीय फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका छन् । रिपोर्टका अनुसार फानी आँधीमा परी ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेको...

भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाको मृत्यु

एजेन्सी । आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो । रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने...

दुई हप्तामा १९ विद्यार्थीद्वारा आत्महत्या

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन् । सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन् । विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल...

श्रीलंका बम आक्रमणका मुख्य योजनाकार मारिए

एजेन्सी– गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सो कुराको जानकारी दिएका हुन् । राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका हुन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले भनेका छन्,...