विश्व विविध

भारतीय लडाकु विमान कश्मिरमा दुर्घटना, पाइलटको मृत्यु

एजेन्सी – भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । बुधबार जम्मू कश्मीरको बडगामबाट ७ किलोमिटर टाढाको एउटा गाउँमा विमान दुर्घटना भएको हो । श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै खेतमा खसेको हो । उडे लगत्तै विमाल तल खसेको र खस्दा खस्दै...

अष्ट्रियाली विदेशमन्त्री करिना नेपाल आउँदै

काठमाडौँ, ८ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा राजधानी आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन बिहिबार आउने भएका हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच...

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

काबुल, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको स्थानिय सञ्चार माध्यमले जनाएको छ । सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा रहेका थिए । त्यसैगरी, उनी सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष...

अमेरिकामा जाडोको तापक्रम माइनस ७० डिग्रीसम्म पुग्ने

काठमाडौं १७ माघ । अमेरिकामा दशकौंपछि सबैभन्दा बढी जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ । यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् ।...

श्रीलङ्कामा डेंगुका कारण दुईको मृत्यु

कोलम्बो, १५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् । इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको...

चैतदेखि नेपाली कामदार जापान जान पाउने

काठमाडौं २६ पौष । जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताएका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि...

जापानी विदेशमन्त्री तारो कोनो फ्रान्सतर्फ प्रस्थान

काठमाडौँ, २६ पौष । नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज बिहान फ्रान्सतर्फ प्रस्थान गरेका छन् । आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार...

विपक्षी पार्टीलाई भोट दिएको आरोपमा ‘ग्याङ्ग रेप’

काठमाडौं २४ पौष । बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ । बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार...

फिलिपिन्समा आएको आँधी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

काठमाडौं २२ पौष । फिलिपिन्समा क्रिसमसपछि आएको आँधी र पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थलमा बेपत्ता भएका...

भियतनाममा बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु

हनोइ – २७ मङ्सिर । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भू–भागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई...