विश्व विविध

उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा

बीबीसी । अमेरिकाले उत्तर कोरियाको मालबाहक समुद्री जहाजलाई नियन्त्रणमा लिएको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप समेत लगाएको छ । अमेरिकाको न्यायिक विभागका अनुसार सो जहाज कोइला लिएर हिंडिरहेको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातक राष्ट्रको रुपमा चिनिन्छ । यही जहाजलाई सन् २०१८मा पनि...

पाकिस्तानमा बम बिस्फोट, चारको मृत्यु, १५ जना घाइते

पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार बम बिस्फोट भएको छ । बुधबार भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

फानी चक्रवात पीडितका लागि अक्षय कुमारको सहयोग

भारतीय फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका छन् । रिपोर्टका अनुसार फानी आँधीमा परी ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेको...

भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाको मृत्यु

एजेन्सी । आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो । रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने...

दुई हप्तामा १९ विद्यार्थीद्वारा आत्महत्या

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन् । सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन् । विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल...

श्रीलंका बम आक्रमणका मुख्य योजनाकार मारिए

एजेन्सी– गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सो कुराको जानकारी दिएका हुन् । राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका हुन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले भनेका छन्,...

चीनको निर्माण साइटमा दुर्घटना, ११ जनाको मृत्यु, दुई घाइते

शिजिआजुआङ १२ वैशाख । उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु भएको छ । हेङ्गसइ शहरको ताआचेङ जिल्लामा भएका दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् । निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका...

श्रीलङ्कामा पुनः बम विस्फोट, बम विस्फोटबाट मृत्यु हुनेमा संख्या ३६० पुग्यो

कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको छ । बिहीबार भएको बम विस्फोटबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले जनाएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या...

इन्डियाको एयर विमानमा आगलागी

एजेन्सी । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ । उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ ।

साउदी अरबमा एकै दिनमा ३७ लाई मृत्युदण्ड, एकजनालाई मृत्युदण्ड पछि सुलीमा टाङ्गियो

एजेन्सी । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दियो । अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने...