विश्व विविध

नेपालसहित ७५ देशका लागि अमेरिकी आप्रवासी भिसा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (स्थायी बसोबासका लागि दिइने भिसा) प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने जनाइएको छ। फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक ज्ञापनपत्रका आधारमा यो...

थाइल्याण्डमा क्रेन भत्किँदा रेल दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौँ । थाइल्याण्डमा निर्माणाधीन उच्च गतिको रेल परियोजनामा प्रयोग गरिएको क्रेन भत्किँदा गुज्रिरहेको यात्रुवाहक रेलमा ठोक्किएर ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले बुधबार स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। राजधानी बैंककबाट देशको उत्तरपूर्वी क्षेत्रतर्फ जाँदै गरेको रेल नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा...

इरानमा प्रदर्शनकारीमाथि भएको दमनप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त

न्युयोर्क । इस्लामिक गणतन्त्र इरानका विभिन्न सहरहरूमा जारी विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गम्भीर चिन्ता व्यक्त गरेका छन् । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको विज्ञप्तिमा इरानी अधिकारीहरूले गरेको हिंसात्मक दमन र त्यसबाट भएको...

अमेरिका र भेनेजुएला तनावबारे बोल्यो नेपाल, ‘संयमता अपनाउन आग्रह’

काठमाडौँ । नेपालले अमेरिकासँग भेनेजुएलामा बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जानकारी दिएको छ। मन्त्रालयले अधिकतम संयमता अपनाउन र तनावलाई अझ बढाउने गतिविधिबाट बच्न सबै पक्षलाई आग्रह गरेको छ। विज्ञप्तिमा नेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता...

अमेरिकी सैन्य कारबाहीपछि मदुरो न्यूयोर्क अदालतमा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी सेनाद्वारा शनिबार उनकी श्रीमतीसहित पक्राउ परेपछि सोमबार पहिलो पटक न्यूयोर्कको अदालतमा सार्वजनिक रूपमा उपस्थित भएका छन्। काराकासबाट पक्राउ गरी न्यूयोर्क ल्याइएका मदुरो र उनकी श्रीमतीले अदालतको प्रारम्भिक सुनुवाइका क्रममा आफूहरूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। मदुरोले संयुक्त राज्य अमेरिकाले आफूहरूलाई “अपहरण” गरेको दाबीसमेत...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सोमबार अदालतमा उपस्थित गराइने

न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लागुऔषध र आतंकवाद (नार्को-टेररिज्म) सँग सम्बन्धित २५ वर्षे षड्यन्त्रको नेतृत्व गरेको गम्भीर आरोपमा सोमबार न्युयोर्कको संघीय अदालतमा उपस्थित गराइने भएको छ।चार बुँदे अभियोग पत्र दर्ता गरिएका मादुरोलाई म्यानहटन संघीय अदालतका न्यायाधीश एल्भिन हेलरस्टाइन समक्ष बयानका लागि पेश गरिने तयारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड...

मादुरो पक्राउपछि भेनेजुएलामा अनिश्चितता,अमेरिका केन्द्रीय भूमिकामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई ठूलो सैन्य कारबाहीमार्फत पक्राउ गरिएको घोषणा गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाले भेनेजुएलाविरुद्धसफल हडताल गरेको छ र मादुरो दम्पतीलाई पक्राउ गरी देशबाट बाहिर निकालिएको छ। ट्रम्पले शनिबार बिहान ट्रुथ सोसियलमा लेख्दै भनका छन संयुक्त...

भेनेजुएलामा अमेरिकी सैन्य कारवाही, मादुरो र उनकी श्रीमती नियन्त्रणमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै अमेरिकाले भेनेजुएलामाथि ठूलो मात्रामा सैन्य हमला गरेको र राष्ट्रपति निकोलस मादुरो तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रथ सोसियल मा लेख्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका नेता मादुरोविरुद्ध सफल अपरेशन सञ्चालन गरेको उल्लेख गरेका हुन्। उनका अनुसार...

स्विट्जरल्याण्डमा नयाँ वर्षको उत्सवका बेला विस्फोट, कम्तीमा १० जनाको मृत्यु

काठमाडौँ ।स्विट्जरल्याण्डको उच्चस्तरीय अल्पाइन स्की रिसोर्ट शहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीडभाड भएको एक बारमा भएको भीषण विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। घटना बिहीबार बिहान सबेरै भएको स्विस अधिकारीहरूले पुष्टि गरेका छन्। दक्षिणपश्चिमी क्यान्टोन भलाइसका प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा प्रमुख राजनीतिक व्यक्तित्व खालिदा जियाको लामो समयदेखि रोगसँग संघर्षरत रहँदा मंगलबार, डिसेम्बर ३०, २०२५ मा निधन भएको छ। उनी ८० वर्षकी थिइन्। उनको पार्टी बंगलादेश नेसनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत निधनको पुष्टि गर्दै आज बिहान करिब ६ बजे, फज्रको नमाजपछि उनको निधन भएको जनाएको छ।...