खेलकुद
बकैया कप फुटबल प्रतियोगिता सुरु
हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासको लागि पहल...
हेटौंडामा ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानीस्थित हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदैछ । रु ११ करोड ७४ लाख रुपैयाँमा उक्त स्थानमा क्रिकेट मैदान निर्माण भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिए । उनका अनुसार, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच...
मन्त्री महर्जनले गरे एन्फा यू–१६ युथ लिगको उद्घाटन
काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । अलिख नेपाल फुटबल संघद्वारा सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजित प्रतियोगिताको मन्त्री महर्जनले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि आफुले...
प्रदेश लिगलाई निको अस्पतालको साथ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी प्रदेशस्तरीय लिग फुटबल प्रतियोगितालाई निको अस्पताल हेटौंडाले सहयोग गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको खेल मैदानमा निको अस्पतालले आवश्यक स्वास्थ्यकर्मी र औषधी निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको लिग च्याम्पियन टोलीले विजयी भएका...
मकवानपुरमा महिला क्रिकेट महोत्सव सुरु
मकवानपुर । मकवानपुरमा महिला महिला क्रिकेट महोत्सव (क्रिओ) २०२४ सुरु भएको छ । उक्त फेस्टिबल मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको हो । क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा उक्त फेस्टिबलको आयोजना गरिएको हो । हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले व्याटिङ् गरेर फेस्टिबलको सुरुवात गरेका...
एनएनआइपिए स्पोर्ट्स अवार्ड पुष तेस्रो साता हुने
काठमाडौं । १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड यही पुष तेस्रो साता हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका अवार्ड कार्यक्रमा सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही पुष २० गते शनिबार अवार्ड कार्यक्रम गर्न लागेको...
एनपीएलले आज आफ्नो पहिलो विजेता पाउँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज हुँदैछ । यसर्थ एनपीएलले आफ्नो पहिलो विजेता आज पाउँदैछ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सले उपाधीको लागि आज खेल्नेछ । फाइनल खेल शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने जनाइएको छ । लिग चरणमा शीर्ष दुईमै...
एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार दिने घोषणा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) लेमंगलबार एक विज्ञप्ति जारी गर्दै पुरस्कार राशी घोषणा गरेको हो । यस्तै, उक्त प्रतियोगिताको उपविजेता समूहले ५१ लाख, तेस्रो स्थानमा रहने समूहले २५ लाख र...
हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही पुष १० गतेबाट दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदैछ । बागमती प्रदेश फुटबल संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । उनका...
यू–१९ महिला एसिया कपअन्तर्गत आज नेपाल र भारत खेल्दै
काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलआज भारतसँग खेल्न लागेको हो । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोेगिता...









