खेलकुद

सुपर लिगमा मकवानपुरका पाँच खेलाडी छनौट

मकवानपुर । नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिगमा मकवानपुरका ५ जना खेलाडीहरु अक्सन मार्फत छनौट भएका छन् । शुक्रबार काठमाडौंमा भएको अक्सनमा मकवानपुरका सुनिल बल, अमिर श्रेष्ठ, रञ्जन विष्ट, बिमल पाण्डे र रोहित कार्कीलाई अक्सन मार्फत विभिन्न क्लबले लिएका छन् । सुनिल बल ए ग्रेडका खेलाडी हुन्...

हेटौँडामा जारी गोल्डकपः विजेता र उपविजेतालाई मुख्यमन्त्री पौडेले पुरस्कार वितरण गर्ने

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपको शनिबार हुने फाइनल खेलको विजेता र उपविजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरस्कार वितरण गर्ने भएका छन् । शुक्रबार प्रतियोगिता आयोजनास्थल हेटौँडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आयोजित फाइनल खेलको प्रिम्याच कम्फ्रेन्समा आयोजक समितिका संयोजक प्रताप विष्टले सो कुराको...

आरसलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि मकवानपुर-११ संग भिड्ने

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप अन्तरगत बिहिबार भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । क्यामरुनी क्लब अफ्रिकन रुट्स एसोसियसन (आरस) लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी क्लबले जित हात पारेको हो । अत्यन्तै प्रतिस्प्रधात्मक खेलामा त्रिभुवन आर्मी क्लबको तर्फबाट...

बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडालाई

मकवानपुर । अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले हात पारेको छ । सातौं तथा अन्तिम चरणको खेलमा २.५–१.५ अङ्कले पराजित गरी कूल १३ अङ्कसहित हेटौँडाले उपाधि हात पारेको हो । उपाधिसँगै हेटौँडाले ट्रफी र नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । समान ११ अंक प्राप्त...

मछिन्द्रलाई हराउँदै मकवानपुर–११ फाइनलमा

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक जिल्ला फुटबल संघ मकवानपुरको रिगल हेटौँडा रिर्सोट, मकवानपुर–११ ले जित हाँसिल गरेको छ । मकवानपुर–११ र काठमाडौंको मछिन्द्र क्लब बिच बुधबार भएको खेलमा ४–३ गोल अन्तरले मकवानपुर–११ ले जित हासिल गरेको हो । मकवानपुर–११ का लागि...

विदेशी खेलाडीविरुद्ध टिक्न सकेन बागमती, आरस सेमिफाइनलमा

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप अन्तरगत मंगलबार भएको खेलमा क्यामरुनी क्लब अफ्रिकन रुट्स एसोसियसन (आरस) ले जित दर्ता गरेको छ । आरसले सर्लाहीको बागमती युवा क्लबलाई २–१ को गोल अन्तरले हराएको हो । आरसका तर्फबाट दुबै गोल खेलको अन्त्यमा जर्सी नम्वर ७ का लुइस...

स्थानीय तह शहीद स्मृति गोल्डकपः आज बागमती र अरास भिड्दै

मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आज अन्तराष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन र बागमती युवा क्लब सर्लाही भिड्ने भएको छ । उक्त प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० वनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा आज दिउँसो ३ बजेबाट सुरु हुने...

स्थानीय तह शहिद स्मृति गोल्डकपः संकटाविरुद्ध मछिन्द्रको १ गोल

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा संकटा क्लबलाई स्तब्ध पार्दै मछिन्द्र क्लबले जीत हात पारेको छ । मछिन्द्रले विदेशी खेलाडीसहित मैदानमा उत्रिएको संकटालाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । मछिन्द्रको जितका लागि खेलको पहिलो हाफको २५...

एपीएफको पोस्टमा बागमतीको २ गोल

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपमा आज भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पाखा लगाउँदै सर्लाहीको बागमती युवा क्लब विजयी भएको छ । विदेशी खेलाडीसहित मैदानमा उत्रिएको बागमतीले एपीएफलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएदेखि नै एपीएफलाई...

राष्ट्रिय तेक्वान्दोमा बागमती तेस्रो

मकवानपुर । प्रदेश नम्वर १ को इटहरीमा सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागमती प्रदेश तेस्रो भएको छ । शुक्रवार र शनिबार भएको प्रतियोगितामा २ स्वर्ण, ४ रजत र ३ कास्यसहित बागमती प्रदेश तेस्रो स्थानमा रहन सफल भएको हो । प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम तथा ४ स्वर्णसहित विद्यालय खेलकुद...