हेटौंडामा हुने भनिएको अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौँडामा हुने भनिएको जिल्ला स्थरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता स्थगित भएको छ ।
हेटौँडा–१० फरेष्टीको खेलमैदानमा बैशाख ९ गतेदेखि १९ गतेसम्म संचालन हुने भनिएको उक्त प्रतियोगितामा स्थगित भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरले बुधबार एक सूचना जारी गदैै कोभिड–१९ संक्रमण बढ्दै गएको कारण उक्त प्रतियोगिता अर्को सूचना जारी नहुनजेलको लागि स्थगित गरिएको जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र नेपाल सरकारले कोरोना संक्रमण रोकथामको लागि जारी गरेको मापदण्ड परिपालन गर्नुपर्ने हुँदा प्रतियोगिता स्थगित गरिएको हो ।
