खेलकुद
भुर्तेलको अर्धसतकसँगै नेपालसित कुवेत पराजीत
काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत हिजो वुधबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो । टस जितेर व्याटिङको निम्तो पाएको नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो । यो लक्ष्य पछ्याएको कुवेत १८.१...
दुई खेलमा स्तब्ध वेस्ट इन्डिज अन्तिम खेलमा विजयी
काठमाडौं । सिरिजका दुई खेलमा नेपालसित पराजीत विश्वकप विजेता वेस्ट इन्डिजले अन्तिम खेलमा भने विजय हात पारेको छ । संयुक्त अरब इमिरेट्सको सारजाह रंगशालामा जारी सिरिजको अन्तिम खेलमा १० विकेटले वेस्ट इन्डिज विजयी भएको हो । यस अघि लगातार नेपालसित हार व्यहोरे पनि अन्तिम खेल वेस्ट इन्डिजको पक्षमा गयो...
‘ए’ डिभिजन लिग संचालनका लागि एन्फाको छलफल
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग संचालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरोकारवालसँग छलफल गरेको छ । २०८२ पुस ९ गतेबाट सुरु गर्न लागिएको सो लिगलाई व्यवस्थित बनाउन प्रस्तावित खेल मैदान रहेको जिल्लाका अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यबीच एन्फाले छलफल गरेको हो । ए डिभिजन लिगलाई...
नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित, टप एन्ड टी–२० यात्रा समाप्त
काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल बनायो । पाकिस्तानका इरफान खानले नटआउट ४२ रन जोडे भने नेपालका सोमपाल कामीले...
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो १६ वर्षमुनिको इस्ट जोन कप उपाधि
मलेशियामा सम्पन्न एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अपराजित यात्रासहित उपाधि जितेको छ। फाइनलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि रक्षा गर्न सफल भएको हो। सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। संकटपूर्ण अवस्थामा नेपालका जोए थापा...
डियोगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, फुटबल संसारमा शोक
लिभरपुल र पोर्चुगलका स्टार फुटबलर डियोगो जोटा र उनका भाइ एन्ड्रे सिल्भाको उत्तरपश्चिमी स्पेनमा कार दुर्घटनामा निधन भएको छ। २८ वर्षीय जोटाको निधनले विश्व फुटबलमा गहिरो शोक छाएको छ। दुर्घटना स्पेनको जामोरा प्रान्तको सेर्नाडिला नगरपालिका नजिकै स्थानीय समयअनुसार राति १२:३० बजे भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, ओभरटेक गर्ने क्रममा...
माघ ९ गतेदेखि जारी खेलकुद महोत्सवको उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा गत माघ ९ गतेदेखि सुरु भएको दोश्रो खेलकुद महोत्सव– २०८१ को उद्घाटन गरिएको छ । खेल महोत्सवको शुक्रबार हेटौंडा–४, स्थित हुप्रचौरमा बागमती प्रदेश सभा सदस्य एवम् प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गरेका हुन् । उनले...
आफ्नै लगानीमा बागमतीको रंगशाला
मकवानपुर । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण गरेको छ । पालिकाको केन्द्र रहेको वडा ४ स्थित झुरझुरेमा सहिद स्मृति रंगशालाको निर्माणको काम सकेको हो । सोही रंगशालामा फागुन ३ देखि सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदैछ । पालिकाले गत आर्थिक वर्ष असोज १७ गते ठेक्का...
हेटौंडा सिटी कलेजको खेलकुद सप्ताह सुरु
मकवानपुर । हेटौंडा सिटी कलेज तथा जेनिथ माध्यामिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत खेलकुद सप्ताह सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, पिप्लेमा अवस्थित उक्त कलेजले बुधबार विहान तीन किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दै खेलकुद सप्ताह सुरु गरेको हो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब...
सातौं संस्करणको बागमती गोल्डकप फागुन ३ गतेदेखि हुने
मकवानपुर । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । उनका अनुसार,...










