दुई खेलमा स्तब्ध वेस्ट इन्डिज अन्तिम खेलमा विजयी
काठमाडौं । सिरिजका दुई खेलमा नेपालसित पराजीत विश्वकप विजेता वेस्ट इन्डिजले अन्तिम खेलमा भने विजय हात पारेको छ । संयुक्त अरब इमिरेट्सको सारजाह रंगशालामा जारी सिरिजको अन्तिम खेलमा १० विकेटले वेस्ट इन्डिज विजयी भएको हो ।
यस अघि लगातार नेपालसित हार व्यहोरे पनि अन्तिम खेल वेस्ट इन्डिजको पक्षमा गयो । नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेटको क्षतिमा पुरा गर्यो । ओपनर जांगु र अगस्टेले सानदार खेलेका थिए । अमिर जांगुले ७४ रन बनाए भने अगस्टेले ४१ रन बनाए ।
टस हारेर व्यटिङको निम्तो पाएको नेपालको खेल अघिल्ला दुई दिनभन्दा फितलो भयो । १९.५ ओभरमा १२२ रन बनाएर अल आउट भयो । ओपनर कुशल भर्तेलले मात्रै सर्वाधिक ३९ रन बनाए । नेपालका कप्तान रोहित पौडेलले १७ रन बनाएका थिए । जोराले १४ र कुशल मल्लले १२ रनबाहेक अन्यले उल्लेख्य रनको योगफल तपार पार्न सकेनन् ।
यो खेल अघि नै सिरिज नेपालको हातमा आइसकेको थियो । भने टिममा केही परिवर्तनहरु गरिएको थियो । खेल पूर्णत् वेस्ट इन्डिजको नियन्त्रणमा रहँदा सिमोन्ड्सले ४ ओभरमा ४ विकेट लिए । जम्मा १५ रनभन्दा बनाउन थिएनन् । जेदियाले २, होल्डरले एक र होसेनले एक विकेट लिए ।


