खेलकुद
आजदेखि राष्ट्रिय फुटबल लिग शुरू, १७ टिम उपाधि दौडमा
काठमाडौं । राष्ट्रिय फुटबलको महाकुम्भ मानिने ‘राष्ट्रिय फुटबल लिग’ आजदेखि शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिगको उद्घाटन खेलमा काँक्रेविहार स्पोर्टस क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् । काठमाडौं र ललितपुरका दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा सञ्चालन हुने लिगमा कूल १३६...
एनपीएल आज नयाँ इतिहासको खोजीमा सुदूरपश्चिम र लुम्बिनी
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउने छ । उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन् । फाइनल खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको...
लुम्बिनी लायन्सको शानदार जित, काठमान्डु बाहिरियो
काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। यस जितसँगै लुम्बिनीले...
सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि
मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा शनिबारबाट हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा शुरु भएको सहिद स्मारक प्रिमियर लिगमा हालसम्म गोल्फिन्टार किङ्स अगाडि रहेको छ । लिग चरणको तेस्रो चरणको खेल सकिदा तीन खेलमा सबै खेल जितेर गोल्फिन्टार किङ्सले ६ अङ्कका साथ पहिलो स्थानमा कायम गरेको छ...
एनपीएल इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत आज इलिमिनेटर खेल हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा बुधबार अपराह्न ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यो खेल पूर्ण रूपमा नकआउट प्रकृतिको हो। पराजित टोलीको प्रतियोगिताबाट यात्रा समाप्त हुनेछ भने विजयी टोलीले उपाधि...
एनपीएल पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै
काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अन्तर्गत आजदेखि प्लेअफ चरणका खेलहरू सुरु हुँदैछन्। प्लेअफको पहिलो खेलको रूपमा आज पहिलो क्वालिफायर आयोजना हुँदैछ। अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्सबीच पहिलो क्वालिफायर खेल हुनेछ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,...
एनपीएलको अन्तिम लिग खेल आज: कर्णाली र जनकपुरबीच प्रतिष्ठाको भिडन्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अन्तिम लिग खेल आज हुँदैछ। आज दिउँसो साढे ३ बजेदेखि शुरू हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। प्लेअफबाट बाहिरिसकेको यी दुई टोली अंक तालिकाको सबैभन्दा मुनि छन्। ६ खेलमा १ मात्र जित हात पारेको कर्णाली तालिकाको सातौं स्थानमा...
एनपीएलमा आज दुई खेल, विराटनगरको निर्णायक परीक्षा
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् भने दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने तालिका छ। पहिलो...
आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफमा पुग्न जित्नैपर्ने दबाब
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको महत्वपूर्ण खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। खेल त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले ६ खेलबाट ६ अंक जोडेको छ भने पुच्छरमा रहेको जकनपुरले ५ खेलबाट २ अंक मात्रै जोड्न...
एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त
काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्। लिग चरणको निर्णायक मोडमा आइपुगेका यी खेलले टिमहरूको प्लेअफ यात्रामा ठूलो असर पार्नेछन्। पहिलो खेल दिउँसो ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुँदैछ। पाँच खेलबाट...





