अर्थ/वाणिज्य

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको विनियोजित बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५ औँ बैठकमा बजेट पारित भएको हो । गत असार १ गते प्रदेशका अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको...

बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । बजेटमा नेकपा एमाले, राप्रपा र नेकपाका ४३ सांसदहरु विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको...

स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम तत्काल दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो...

मंगलबार नेप्सेमा सुधार, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । साता कारोबारको पहिलो र दोस्रो दिन लगातार घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार देखिएको हो । मंगलबार नेप्से १०.४० अंकले बढेर २० ८६ दशमव ३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागू हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले...

आइतबार स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेपछि प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । प्रतिपक्ष दलको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल हुन सकेन । अपारह्न २ बजेका लागि बोलाइएको आइतबारको बैठक २...

हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट शनिबार पारित भएको छ । उपमहानगरपालिकाको शनिबार बसेको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको लािग ल्याएको २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट पारित गरेको हो...

सातामा ९५ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार

काठमाडौं । यो साता सेयर बजारमा हरियाली छाएको छ । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अंकले बढ्दै २१ सय ५०.९९ अंकको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको थियो ।...

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा २५५ सांसद सहभागी भएका थिए । तीमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत...

सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।...