आज पनि ओरालो लाग्यो शेयर बजार

तु खबर संवाददाता
२०८१ बैशाख ४,मंगलवार १६:२१

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा ओरालो गरेको छ ।

२०८१ साल लागेपछि कारोबार भएको पहिलो दिनबाट ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८१ अकंले घटेर १९९१ दशमलव ७१ बिन्दुमा बन्द भएको छ ।

यस्तै, आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

यसैगरी, मंगलबार १३ उपसूचक नै राताम्य भएका छन् ।