अर्थ/वाणिज्य

काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँसो १ बजे बाटिक एयरको उडान नम्बर ओडी–१८३ मार्फत काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जान लागेका यात्रुको जाँचका क्रममा उक्त...

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट नेपालले पायो थप साढे ५ अर्ब रुपैयाँ सहयोग

वासिङ्टन, डीसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई दिँदै आएको ऋण सहयोग अन्तर्गतको अन्तिम किस्ता स्वीकृत गरेको छ। यस निर्णयसँगै नेपालले थप करिब ४ करोड २९ लाख अमेरिकी डलर अर्थात् साढे ५ अर्ब नेपाली रुपैयाँभन्दा बढी रकम पाउने भएको छ। नेपाल सरकारले देशको आर्थिक अवस्था सुधार्नका लागि चालेका...

१० महिनामा सरकारले खर्चियो ११ खर्ब ७३ अर्ब

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पुँजीगत खर्च १ खर्ब १३ अर्ब ८५ करोड र वित्तीय व्यवस्था खर्च २...

व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ नाघ्यो

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ। यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारत तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि चीनतर्फको निर्यात ४१.७ प्रतिशतले घटेको...

राष्ट्र बैंकद्वारा २०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाहरूसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक राय तथा सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

रसुवा-मुस्ताङ नाकाबाट अवैध रूपमा भित्रिएको आशंका, सयौँ गाडी नियन्त्रणमा

काठमाडौं । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमा सयौं गाडीहरु भित्राएको पाइएको छ । यही जेठ १३ र १४ गते बिवाईडीले अटो ब्राण्डका विभिन्न गाडीहरुको भन्सार गरेर बजेट लागू हुने जेठ १५ पुर्व नै काम तमाम गर्न भ्याइसकेको तथ्य उजागर भएको छ । सो काण्ड बाहिर...

पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा इटेनी निर्विरोध निर्वाचित

नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी निर्विरोध निर्वाचित भएका छन् । हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले इटेनीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराइ, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचविमा उत्तम खड्का र कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित भएका छन्...

सरकारी नीतिकै कारण व्यवसाय संकटमा छः महासंघ अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी नीतिकै कारण निजी क्षेत्रले बारम्बार समस्या भोग्नुपरेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको व्यवसाय बाहिरबाट आकर्षक देखिए पनि भित्र अत्यन्तै चुनौतीपूर्ण...

होल्डिङमा राखिएका सुकुमबासीलाई जग्गा उपलब्ध गराइने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा नभएको सुकुमबासी ब्यवस्थापन ३५ मिनेटमा नखोज्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताए । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै...

निजी विद्यालयमा पढ्ने र अस्पतालमा उपचार गर्नेलाई ३ प्रतिशत कर

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक विधेयक २०८३ मार्फत निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट लिइने सेवामा अतिरिक्त ‘समता शुल्क’ लागू गर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार निजी शिक्षण संस्था तथा निजी स्वास्थ्य सेवा प्रदायकले सेवा उपभोक्ताबाट लिने शुल्कमा ३ प्रतिशत अतिरिक्त रकम उठाउनुपर्नेछ । सरकारले उक्त...