अर्थ/वाणिज्य

तेश्रो पक्षको बीमाको सीमा दोब्बर वृद्धिसहित १० लाख कायम

सरकारले सवारी साधनको तेस्रो पक्षको बीमाको सीमा दोब्बरले वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तेस्रो पक्ष बीमाको बीमा १०० प्रतिशतले वृद्धि गरेका हुन्। यससँगै यसअघि ५ लाख रुपैयाँ रहेको तेस्रो पक्षको बीमाको अधिकतम रकम १० लाख रुपैयाँ कायम भएको छ। तेस्रो पक्ष...

शिक्षा सुधार र विस्तार लक्ष्यसहित २१८ अर्ब ३० करोड बजेट

सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । त्यस्तै सरकारले कृषि र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान कायमै राखेको...

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को बजेट (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४...

मतको आधारमा राजनीतिक दललाई अनुदान दिने तयारी

काठमाडौं । सरकारले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई अनुदान दिने तयारी गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । उनले पछिल्लो निर्वाचनमा दलहरूले प्राप्त गरेको मतको आधारमा अनुदान उपलब्ध गराउने विषयमा व्यापक...

विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘डायस्पोरा बण्ड’ ल्याइने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने घोषणा गरेका छन्। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो घोषणा गरेका हुन् । बजेट प्रस्तुत गर्दै उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली रुपैयाँमै...

बजेटबारे राष्ट्रपति समक्ष अर्थमन्त्री वाग्लेको ब्रिफिङ, तयारी अन्तिम चरणमा

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक...

नेपालमा वित्तीय सुधारको दौड, तर ‘ग्रे लिस्ट’ जोखिम अझै हटेन

नेपाल अहिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी प्रक्रियाका कारण गम्भीर दबाबमा परेको छ। वित्तीय कारबाही कार्यदल (एफएटिएफ) अन्तर्गतको एसिया–प्रशान्त समूह (एपिजी) ले सन् २०२५ को फेब्रुअरीमा नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेपछि देशको वित्तीय प्रणाली र बाह्य आर्थिक सम्बन्धमा असहजता बढ्दै गएको हो । ।...

सहकारी बेथिति नियन्त्रणका लागि नयाँ दर्तामा रोक लगाउन सुझाव

काठमाडौं । सहकारीमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि स्पष्ट संस्थागत प्रणाली स्थापना नभएसम्म तीनै तहका सरकारहरूले नयाँ सहकारी दर्ता नगर्न र एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीलाई बन्द गराउनुपर्ने सुझाव...

पठाओ एपमार्फत सगरमाथा र अन्नपूर्ण उडान बुक गर्न सकिने

काठमाडौं । पठाओ नेपालले मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने सेवा विस्तार गरेको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको कम्पनीले अब हवाई यात्रातर्फ समेत प्रवेश गर्दै ‘पठाओ हेली’ सेवा सञ्चालनमा ल्याएको हो। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओ नेपालले सिम्रिक एयरसँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा सुरु गरेको जनाएको छ। यस...

यस्तो छ विहिबारको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ कायम हुँदा बिक्री दर १५३.४१ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको बिक्री दर १७८.५४ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङ २०६.१२ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै स्वीस...