अर्थ/वाणिज्य
सहकारी बेथिति नियन्त्रणका लागि नयाँ दर्तामा रोक लगाउन सुझाव
काठमाडौं । सहकारीमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि स्पष्ट संस्थागत प्रणाली स्थापना नभएसम्म तीनै तहका सरकारहरूले नयाँ सहकारी दर्ता नगर्न र एकभन्दा बढी शाखा सञ्चालनमा रहेका सहकारीलाई बन्द गराउनुपर्ने सुझाव...
पठाओ एपमार्फत सगरमाथा र अन्नपूर्ण उडान बुक गर्न सकिने
काठमाडौं । पठाओ नेपालले मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने सेवा विस्तार गरेको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको कम्पनीले अब हवाई यात्रातर्फ समेत प्रवेश गर्दै ‘पठाओ हेली’ सेवा सञ्चालनमा ल्याएको हो। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओ नेपालले सिम्रिक एयरसँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा सुरु गरेको जनाएको छ। यस...
यस्तो छ विहिबारको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ कायम हुँदा बिक्री दर १५३.४१ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको बिक्री दर १७८.५४ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङ २०६.१२ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै स्वीस...
राज्यकोष होइन, ऋण असुलीबाटै बचत फिर्ता : सहकारी व्यवस्थापन समिति
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राज्यकोषको रकमबाट बचत फिर्ता नगरिएको जनाएको हो । समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजारभन्दा कम...
बजेटको मुखमा बजारमा हरियाली,कारोबार समेत बढ्यो
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिएको छ । नयाँ नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई लिएर शेयर लगानीकर्ताले ठूलो...
रोयल्टी नबुझाउने कम्पनीमाथि कारबाही गर्न महालेखाको निर्देशन
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट असुल हुनुपर्ने करिब रु २३ करोड ७७ लाख ८८ हजार बराबरको रोयल्टी तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ। कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा एक वर्षभन्दा बढी समयदेखि उत्खननबापतको रोयल्टी नबुझाएको तथा अनुमति पाएको परिमाणभन्दा बढी उत्खनन भएको तथ्य भेटिएको उल्लेख गरिएको छ।...
अनलाइन धितोबन्धकी सेवा सहज बनाउन विभागको नयाँ पहल
काठमाडौँ । स्थानीय तहबाट घरजग्गा कारोबार र बैंक तथा वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का फुकुवासम्बन्धी अनलाइन कारोबारमा देखिएको समस्या समाधान गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहजीकरण गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा स्थानीय तह र बैंक तथा वित्तीय संस्थामा समस्या देखिएपछि विभागले आवश्यक निर्णय गर्दै स्थानीय तह र...
नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वः वैद्य र प्रधान विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत...
क्यानाडा सरकारद्वारा टोरन्टोका १० व्यवसायलाई सहयोग गर्न ९० लाख डलर लगानीको घोषणा
टोरन्टो, ओन्टारियो । क्यानाडा सरकारले ग्रेटर टोरन्टो क्षेत्रका व्यवसायहरूलाई बजारमा प्रतिस्पर्धा गर्न, आधुनिकीकरण गर्न र उत्पादकत्व बढाउनका लागि ९० लाख डलर लगानी घोषणा गरेको छ । फेडरल इकोनोमिक डेभलपमेन्ट एजेन्सी फर साउदर्न ओन्टारियोमार्फत व्यापार अवरोध तथा भन्सार शुल्क (ट्यारिफ) बाट प्रभावित भएका १० वटा स्थानीय व्यवसायहरूलाई सुदृढ बनाउन करिब...
अख्तियार प्रमुख राई र एपिजी प्रतिनिधिमण्डलबीच भेटवार्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिहरूबीच विशेष भेटघाट भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भएको भेटमा एपिजीको तर्फबाट डेलिगेसन प्रमुख डेविड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासलीको सहभागिता रहेको थियो...










