अर्थ/वाणिज्य
हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
लामो समयपछि शेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०८ अकंले बढेर २७५४.४८ बिन्दुमा कायम भएको हो । कारोबार रकममा पनि केहि सामान्य सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख...
सुदूरपश्चिमलाई लगानी र उद्यमको केन्द्र बनाउने प्रतिबद्धता
काठमाडौँ । धनगढीमा आयोजित ‘सुदूरपश्चिम कचहरी २०८३’ १० बुँदे ‘सुदूरपश्चिम घोषणापत्र २०८३’ जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमलाई उत्पादन, लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। घोषणापत्रमार्फत तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीच सहकार्यलाई बलियो बनाउँदै...
कुवेती दिनारको भाउ ५०० रुपैयाँ नाघ्यो, अरु मुद्राको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमय दरअनुसार आज जेठ ३ गते एक अमेरिकी डलरको खरिद दर १५३.२५ रुपैयाँ र बिक्री दर १५३.८५ रुपैयाँ कायम भएको छ। विदेशी मुद्रामध्ये बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५.७५ रुपैयाँ पुगेको छ भने युरोपियन यूरोको बिक्री दर १७९.०८ रुपैयाँ कायम भएको छ।...
महालेखा परीक्षकको प्रतिवेदनः ९४ खर्बभन्दा बढीको लेखापरीक्षण, ८८ अर्ब बेरुजु
महालेखा परीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएसँगै कार्यालयले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार सङ्घ, प्रदेश, स्थानीय तह, समिति तथा अन्य संस्था र सङ्घीय कानुनद्वारा तोकिएका संस्थासमेत गरी कुल ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको...
दूरसञ्चार क्षेत्रमा ३५ करोड रोयल्टी बक्यौता, ४५ सेवा प्रदायकले सरकारलाई बुझाएनन् रकम
देशभर सञ्चालनमा रहेका ४५ वटा दूरसञ्चार सेवा प्रदायकले सरकारलाई बुझाउनुपर्ने करिब ३५ करोड ३६ लाख रुपैयाँ रोयल्टी नतिरेको तथ्य बाहिर आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा यो बक्यौता देखिएको हो, जसलाई महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । दूरसञ्चार नियमावली,...
नेप्सेमा सामान्य सुधार,पर्ख र हेर’को मनस्थितिमा लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्तामा उत्साह फर्किन सकेको छैन । लगातारको उतारचढाव र बजारमा बढ्दो अनिश्चितताका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको छ ।...
अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न सरकारी कार्यालयहरूमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार एक परिपत्र जारी गर्दै अत्यावश्यक अवस्थाबाहेक नयाँ फर्निचर, उपकरण तथा सवारी साधन खरिद नगर्न सबै मन्त्रालय, आयोग, विभाग, सचिवालय, प्रदेश सरकार तथा मातहतका निकायलाई आग्रह गरेको हो।...
नीति तथा कार्यक्रम साझा दस्तावेज बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले
राष्ट्रिय सभामा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न, सुझाव र सरोकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका छन्। उनले सांसदहरूले दिएका धारणा र सुझावलाई सरकार गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै नीति तथा कार्यक्रमलाई साझा राष्ट्रिय दस्तावेजका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।...
संसद् बैठकमा प्रधानमन्त्री शाहको राजिनामा माग
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री बैठकमा नआएपछि शाहको राजिनामा मागिएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री संसद् बैठकमा आउने पर्नेमा उनले अर्थमन्त्रीलाई त्यसका...
केही समयदेखि शेयर बजार सीमित समूहको कब्जामा छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले केही समयदेखि शेयर बजार समिति समूहको कब्जामा रहेको बताएका छन् । सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको बताए । मंगलवार अर्थ...










